बाँके : बाँके जिल्लाको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाको नवौ गाउँसभामा प्रस्तुत गरिएका दुई वटा विधेयकलाई पारित, ७० बुंदे नीति तथा कार्यक्रम तथा रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सर्बसम्मत पारित भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड—१९ लाई समेत लक्षित गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद्, वन तथा वातावरण, विकास निर्माणलगायतका ७० बुंँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सङ्घीय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोतअन्र्तगत बजेट विनियोजन गरिएको हो । अध्यक्ष चौधरीले सभामा चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लीलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८ र आर्थिक विधियेक २०७८ प्रस्तुत गरेकी थिइन् । प्रस्तुत दुई वटा विधेयक, निति, तथा कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको थियो ।
कोरोना सङ्क्रमण कोभिड—१९ को बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा आयोजना गरिएको थियो । रासस