दाङ : लमही नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम र बजेट एकैदिन प्रस्तुत गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्ष स्वास्थ्य, शिक्षा, कृषिका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेको हो ।
आगामी आर्थिक बर्षको लागी नगरपापलकाले एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरिएको छ । उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिन ।
संघिय वित्तिय समानिकरण अनुदान १५ करोड ११ लाख, संघिय राजश्व वाँडफाँड अनुदान ११ करोड १५ लाख ६७ हजार, संघिय शसर्त अनुदान २८ करोड ८० लाख, संघिय बिशेष अनुदान ८३ लाख, प्रदेश वित्तिय समानकिरण अनुदान ७१ लख ५७ हजार, प्रदेश सवारी साधन कर वाडफाँड अनुदान २ करोड ६९ लाख ९१ हजार ५ सय ७८, प्रदेश सरकार रोयल्टी ४० हजार २९, प्रदेश सशर्त अनुदान एक करोड १५ लाख ४४ हजार, प्रदेश सरकार बिशेष अनुदान ७० लाख, प्रदेश सरकार समपुरक अनुदान २ करोड, आन्तरिक आय ३४ करोड ४३ लाख ५० हजार, लमही अस्पतालको आन्तरिक आय २ करोड ८१ लख ८९ हजार र बैंक मौज्दात ८ करोड गरी जम्मा एक अर्व ८ करोठ ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।
स्वास्थ्य सेवालाई व्यवस्थित तथा सुदृढिकरण गर्दै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्धत गराउन ८ करोड ८९ लाख बजेट विनियोजन भएको छ । लमही अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागी ५ करोड १० लाख बजेट विनियोजन गरिएको छ । नगरको शिक्षा क्षेत्रमा कुल १६ करोड ७३ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।
कोरोनाका कारण सृजना भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर सुधार र बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न २५ लाख बजेट छ ।
पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा ३ करोड ४५ लाख बजेट छ । विपद् व्यवस्थापनको लागी एक करोड ६० लाख, आश्रय घर निर्माणको लागी ५० लाख, नगर आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न बजेटले सम्वोधन गरेको छ । वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाको लागी एक करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकासका लागी १४ करोड ३७ लाख ५० हजार, जनता संग मेयर कार्यक्रमको लागी एक करोड, जनता संग उपमेयर कार्यक्रको लागी ५० लाख बजेट विनियोजन गरिएको छ । वडा तर्फका योजनाको लागी ९ करोड, विपद् व्यवस्थापन कोषको लागी एक करोड ६० लाख बजेट छ ।
लमही अस्पतालाई ५० शैयाको बनाईने
लमही नगरपालिकाले आगामी आर्थिक बर्ष स्वास्थ्य संस्थाको स्तरोन्नती, पूर्वाधार विकास, जनशक्ती व्यवस्था र सेवाको समतामुलक पहुँमा जोड दिएको छ । नगर प्रमुख कुलबहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु कार्यान्वयन गरिने बताए ।
लमही अस्पतालाई ५० शैयाको अस्पताल बनाउन लुम्बिनी प्रदेश सरकार संग समन्वय गरिने छ । सर्पदशं उपचार केन्द्र सेवा सञ्चालनको लागी संघिय सरकार र प्रदेश सरकार संग सहकार्य गरेर औषधी, उपकरण र जनशक्ति व्यवस्थापन गरिने छ ।
कृषि क्षेत्र अन्तरगतद कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उत्पादन सामाग्री र कृषि औजार उपकरणमा दिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।