बुटवल- लुम्बिनी सरकारले प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको पाल्पाको रामपुर देखी सल्यानको कपुरकोटसम्मको जिवराज आश्रीत कृष्णसेन इच्छुक मार्गको लागि आगामी आर्थिक वर्षमा १४ करोड ५० लाख रुपैया विनियोजन गरेको छ । उक्त मार्गको पाल्पा अर्घाखाँची, प्युठान र रोल्पा जिल्लामा सञ्चालित ३ वटा ठेक्का आयोजना सम्पन्न गर्ने र बाँकी खण्डको बहुवर्षे ठेक्का कार्यान्वयन गर्ने बजेटमा उल्लेख छ ।
सडक पूर्वाधार तर्फ बजेटमा उल्लेखित दोस्रो ठूलो आयोजना धागो कारखाना चरंगे झुम्सा सडक रहेको छ। यो सडकमा ३ वटा पुल निर्माण र १० करोड रुपैया विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पहिरोको समस्याको लागि बैकल्पीक सडकको रुपमा लिइएको हो ।
बजेटमा स्थानिय तह पहुँचमार्ग, पर्यटकिय स्थल पहुँच मार्ग, उद्योग पहुँच मार्ग, कृषि सडक लगायत उल्लेख छ । जस अनुसार ११ जिल्लाका २१ वटा स्थानिय तहमा मुख्य तथा साहयकमार्गसँग जोड्ने गरि पहुँच मार्ग निर्माण गर्ने र यसको लागि ५६ करोड ५५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै पाल्पाको रानीमहल, बर्दियाको ठाकुरद्वारा, गुल्मीको विचित्र गुफा लगायतका १५ वटा पर्यटकिय स्थलमा पहुँचमार्ग निर्माण तथा स्तरोन्नतीको लागि २२ करोड ५० लाख रुपैया विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कृषि सडकको लागि ९ करोड ९८ लाख छुट्याइएको छ ।
यस्तै आगामी आर्थिक वर्षमा प्रदेशभित्र ८३ वटा पुल निर्माण सम्पन्न गर्ने, ५९ वटा पुलको डिपिआर तयार गरिने उल्लेख छ ।
चार स्थानमा विद्युतिय बसको चार्जिङ स्टेसन निर्माण, दाङको बेलझुण्डीमा आधुनिक सभागृह, बुटवलमा बहुतले व्यवपारिक भवन लुम्बिनी ट्रेड सेन्टर निर्माण गर्ने, उत्तरकुमार ओली सडक सुरक्षा कार्यक्रम लगायतलाई बजेट विनियोजन गरिएको छ ।



