बुटवल - लुम्बिनी सरकारले प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने जनाएको छ ।
बुटवल भैरहवा र कोहलपुर नेपालगञ्जमा विद्युतिय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । उनले दुबै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरेका हुन् ।