बुटवल- आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा विस्तार गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट बक्तव्यको क्रममा उनले करार खेती हाल ९ सय हेक्टरमा रहेको करार खेती कार्यक्रमलाइृ १२ सय हेक्टरमा विस्तार गरिने जानकारी दिएका हुन् । त्यसको लागि ५ करोड रुपैया विनियोजन भएको छ ।
यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी बनाउने र त्यसको लागि ३५ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।