बुटवल-लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कृषि प्रविधिमा किसानको पहुँच पुराउनका लागि ३३ करोड बजेट छुट्याएका छन्।
यो कार्यक्रमअन्तरगत प्रदेशका सबै पालिका र वडामा कार्यक्रम सञ्चालन गर्न ३३ करोड बिनियोजन गरिएको उनले बताए । यसले १ हजार ९२ जनाले रोजगारी पाउने अपेक्षा गरिएको उनले बताए।