बुटवल - लुम्बिनी प्रदेश सरकारले वडा वडामा कृषि प्राविधिक खटाउने गरि कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट बक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले हरेक पालिकामा १ सय ९ स्थानिय तहमा कृषि अधिकृत र ९ सय ८३ वडामा कृषि प्राविधिकको व्यवस्था गरेको जानकारी दिए ।
उनले यसलाई कृषि प्राविधिकको सेवामा कृषकको पहुँच नाम दिएका छन् । यस कार्यक्रमबाट कृषि क्षेत्रमा ठूलै परिवर्तन ल्याउने आशा गरिएको उनले बताए । यसको लागि ३३ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट १ हजार ९२ जना प्रत्यक्ष रोजगारि सिर्जना हुने मन्त्री चौधरीले बताए ।