काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएको भएपनि हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन ।