सैनामैना । सैनामैना नगरपालिकामा कृषि बजार पुर्वधार निर्माण अन्तरर्गतको शीत भण्डारण गृहको निमार्ण कार्य सुरु भएको छ । सैनामैना वार्ड नं ३ मा शीत भण्डार बन्न लागेको हो । शनिबार एक कार्यक्रमबा बीच सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले शीत भण्डारको शिलान्यस गरेका छन् ।
शिलायन्स गर्दै नगर प्रमुख कार्कीले कृषकहरुलाई सहज र सुबिधा पुर्याउने उद्धेश्यले शीत भण्डार निर्माण सुरु गरिएको बताए । सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको उनको भनाई थियो ।
सैनामैनामा किसानलाई लक्षित गरी ११ वटै वडामा कृषि पाठशाला सञ्चालन भएको तथा सयौंको संख्यामा हाते ट्याक्टर वितरण गरिएको बताउँदैं नगरप्रमुख कार्कीले किसानहरुलाई समय–समयमा अनुदानमा बीउबिजन समेत उपलब्ध गराउँदै आएको बताए ।
२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको शीत भण्डारको आधुनिक प्रबिधिको हुने नगरपालिकाका प्राविधिक प्रदिप गिरीले बताए । ६५ लाख ५१ हजार रुपैयाँमा लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो बर्ष पहिलो चरणको सिविल वर्क को काम सम्पन्न गर्ने बताइएको छ ।
०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजनाको २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने छ । १ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल पहिलो चरणको काम हुने छ । इलेक्ट्रीकल, मेकानिकल र रेफ्रिरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली काग्रेसका जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, माओवादीका मन बहादुर महत ,गाउ नगर कृषक समुहका शेर बहादुर केसी लगायतले बोल्नु भएको थियो । कार्यक्रम सैनामैनाका कार्यापालिका सदस्य सबिता भुषाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्माचारी लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो ।