रुपन्देही । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पुर्याउन क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्धेश्यले शुरु गरेको अभियानमा तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक हाटबजार पनि थपिएको छ ।
प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुलका साथै अन्य पसलमा खरिद गर्दा पनि नगद रहित कोरोबार गर्न सकिने भएको छ ।
यस्ता भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफनो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यो बजार क्षेत्र पनि समाबेश गरिएको छ । उपरोक्त बजारमा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले चैत्र ५ गते शुभारम्भ गरे ।
माछापुच्छ्रे बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले यस प्रणालीबाट कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गरे ।
यस हाटबजार क्षेत्र भित्रका तरकारी फलफूल एवम् अन्य उपभोग्य वस्तु र लत्ता कपडाका करिब एकसय पचास भन्दाबढी ब्यापरीहरुका पसल सञ्चालनमा छन् । कार्यक्रममा माछापुच्छ्रे बैंक प्रबन्धक उज्जवल पाण्डे, शाखा प्रबन्धकहरु मनोज भट्टराई र कृष्ण पाण्डे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष डिल्लाराज अर्याल, कार्यवाहक वार्ड अध्यक्ष श्याम बहादुर खत्री,स्थानीय ब्यापारी पत्रकार लागयतको उपस्थिती रहेको थियो ।