बुटवल । लुम्विनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले सरकारले यातायात ब्यवसायीहरुको अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले ब्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
'लुम्विनी प्रदेश सरकार तपाईहरुको अभिभावक हो तपाईहरुका समस्याहरुबारे सरकार जानकार छ, ति समस्या समाधानका लागि तपाईहरुको साथ समर्थन र सहयोग चाहिन्छ,' पश्चिम नेपाल बस ब्यवसायी प्रालिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने ।
ट्रक ब्यवसायीहरुमा पनि भारतीय ट्रकहरुको ओभरलोडको समस्या थियो उनिहरुको सहयोगले त्यो समस्या समाधान भयो सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि तपाईहरुको सहयोग आवश्यक छ उनले थपे ।
कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले ब्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे । उनले सरकारले सिण्डीकेटको गलत अर्थ लगाएर ब्यवसायीहरु माथी अन्याय र बिभेदपुर्ण ब्यवहार गरेको बताए ।
खरेलले आफु जहिले पनि यातायात ब्यवसायीहरुको हितको पक्षमा रहेको बताउदै आगामी दिनमा सबैलाई समेटेर प्रालिलाई अगाडी बढाउने बताए । प्रालिका प्रमुख निर्वाचन अधिकृत मदन प्रसाद कटेलको अध्यक्षता तथा दिनेश पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्टिय महासंघका पुर्व अध्यक्ष तथा तत्कालिन पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष चोप नारायण श्रेष्ठ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष पुष्पा श्रेष्ठ, तत्कालिन पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष तुल्सीराम बन्जाडे, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्विनी प्रदेश संयोजक डिल बहादुर ढुंगाना, यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
अध्यक्षमा दधिराम खरेल सर्बसम्मत
पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्बसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्व सम्मत निर्वाचित गरेको हो ।
प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण यातायात ब्यवसायी निर्वाचन समिती प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको नव निर्वाचित कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।
बैठकले पछिल्लो एक बर्ष यता देखिएको समस्या समाधान र निरन्तर रुपमा ईन्धनको मुल्य बढदा समेत सरकारले ब्यवसायीहरु संग यस अघि बैज्ञानीक भाडादर कायम गर्ने गरी गरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने निर्णय समेत गरेको कोषाध्यक्ष पिएसले बताए ।