भैरहवा । पर्यटन क्षेत्रलाई चलायमान गराउन भैरहवासडक खाना महोत्सव हुने भएको छ ।
नेपाली नया वर्ष २०७८ को पूर्व सन्ध्यामा सिद्धार्थ सडक खाना महोत्सव तथा बृहत सास्ंकृतिक कार्यक्रम हुने भएको हो ।
कोरोना महामारीले शुन्य अवस्थामा पु¥याएको पर्यटन व्यवसायको पुर्नउत्थान गरी पर्यटन प्रवद्र्धन गर्न, व्यापार व्यवसायलाई चलायमान बनाउन, आन्तरिक तथा भारतिय पर्यटकको बृद्धि गर्ने उद्देश्यका साथ सडक खाना महोत्सवको आयोजना गरिएको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
यस क्षेत्रमा रहेका विभिन्न समुदायका मौलिक सास्ंकृतिलाई संरक्षण गर्दै खानाका परिकारहरुको प्रवद्र्धन गर्न र दर्शकहरुलाई विशेष परिकार मनोरञ्जनका साथ पस्किन २०७७ सालको अन्तिम दिन चैत ३१ गते महोत्सव आयोजना गरिएको उनको भनाई छ । देवकोटाचोक देखि वसपार्क सम्मको सडकमा आयोजना हुने सडक महोत्सवमा १०० वटा स्टल रहने र एक करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा रहेको अध्यक्ष भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
विभिन्न जातजाति, संस्कृतिसंग जोडिएका खानाका परिकार पस्किनुका साथै साना देखि तारे होटल तथा रेष्टुरेन्टका स्टलहरु, थारु, गुरुङ मगर नेवार समुदायका जातिय खानाका स्टलहरु महोत्सवमा रहने कार्यक्रम संयोजक तथा संगठनका कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए ।
राष्ट्रिय स्तरका कलाकार, स्थानीय विभिन्न जातजातिका सांस्कृतिक नृत्य, डिजे लगायतबाट दर्शकलाई मनोरन्जन प्रदान गरिने कार्यक्रम संयोजक रोक्काले बताए ।
राती १२ वजे सम्म हुने महोत्सवमा सिद्धार्थनगरको मुख्य भागमा आयोजना गरिन लागिएको छ । यस महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका साथै आसपासका पालिकाका र छिमेकी देश भारतका विभिन्न स्थानबाट समेत दर्शक आउने अनुमान आयोजकको छ । संगठनले सिद्धार्थनगर नगरपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशलाई प्रस्तावित रुपमा सह आयोजकको रुपमा राखेको छ । त्यस्तै सहयोगी संस्थाको रुपमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही, सिद्धार्थ होटल एशोसिएशन शान, नाटा लुम्बिनी प्रदेश र सोटो सिद्धार्थनगरलाई प्रस्तावित गरेको छ ।