बुटवल- पश्चिम नेपाल बस व्यवसायी प्रालिको नयाँ नेतृत्वको लागि दधि खरेलको समूहले उमेद्वारी घोषणा गरेको छ। प्रालिको यही फागुन २८ र २९ गते हुने अधिवेसनको लागि बर्तमान अध्यक्ष खरेलले अर्को कार्याकालको लागि अध्यक्षमा दाबी गरेका हुन्। खरेल ३ कार्याकाल लगातार तत्कालिन पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष भइसकेका छन्। संघ प्रालिमा रुपान्तरण भएपछि पनि अध्यक्ष छन्।
खरेलको समूहमा सञ्चालकहरु नारायण घिमिरे, जिवनकुमार बन्जाडे, रामचन्द्र भुसाल, चेतनारायण बेलबासे, मोहन पिएस, जितेन्द्र खत्री, कृष्णप्रसाद सापकोट, ऋषिराम डुम्रे र कुश्माखर रेग्मी रहेका छन्।
आफ्नो टिममा खारिएको र अनुभवी टिम रहेको उमेद्वारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उमेद्वार खरेलले बताए। आम यातायात व्यवसायीहरुको भावनालाई कदर गरेर आफूहरुले उमेद्वारी दिएको उनले बताए।
पश्चिम नेपाल बस व्यवसायी प्रालीमा २ हजार ३ सय ९६ सदस्य रहेका छन्। सदस्यहरुले ११ सदस्यीय सञ्चालक समिति चयन गर्दछन्। सञ्चालक समिति मध्येबाट एक जना अध्यक्ष चुनिने छन्।
तत्कालिन संघका महासचिव तथा हाल प्रालीका प्रबन्ध सञ्चालक पदमराज गाहा नेतृत्वमा पनि अर्को समुह मैदानमा छ।