भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि गरिएको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भए पनि बाँकी सदस्यका लागि विहान ९ बजे देखि मतदान चलिरहेको थियो ।
अब केहीबेरको छलफलपछि मतगणना सुरु हुने बताइएको छ । विभिन्न तीन स्थानमा मतगणना हुनेछ । मतदान सकिदाँसम्म १ हजार ५ सय ६५ वटा मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको उमेद्वारी परेको छ। त्यस्तै उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उमेद्वारी दिएका छन्। एक जना महिला उद्योग सदस्य तर्फ ४ जनाको उमेद्वारी परेको छ।
अधिवेसनले २८ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। जसमध्ये संघको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन्।