बुटवल- स्थानियको विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। कार्यक्रमस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
अर्थमन्त्री कार्याक्रम स्थल पुग्दा प्रदर्शनकारीले मन्त्री पौडेलको गाडीमा ढुंगा प्रहार गरेका थिए। शिलान्यास पछि अहिले कार्यक्रम चलिरहेको छ। कार्यक्रममा अर्थमन्त्री पौडेलसहित उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागी छन्। कार्यक्रम चलिहँदा स्थानियले नाराबाजी गरिरहेका छन्।


