काठमाडौँ । आर्थिक बर्ष २०७६/७८ मा नेपालको आर्थिक वृद्धिदर पछिल्लो चार बर्षमा ऋणात्मक रहेको संशोधित अनुमान केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले झण्डै दुई प्रतिशतको ऋणात्मक आर्थिक वृद्धिदर कायम हुने अनुमान आज सार्वजनिक गरेको हो ।
यसअघि २०५९ र २०७३ मा मुलुकको आर्थिक वृद्धिदर निकै कमजोर देखिएको थियो । तैपनि ऋणात्मक भने भएको भएन ।
२०४० सालपछि पहिलोपटक आर्थिक वर्ष २०७७–७८ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो । कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर पनि ४.६ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषका १९० सदस्यमध्ये नेपाल सहित २३ देश ले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान थियो । केन्द्रीय तथ्यांक विभागको संशोधित अनुमानले नेपाली अर्थतन्त्र पनि महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकहरूको सूचीमा परेको छ ।
कोभिड–१९ महामारीकै कारण छिमेकी राष्ट्र भारतको आर्थिक वृद्धिदर सन् २०२०–२१ मा ७.७ प्रतिशतले ऋणात्मक भएको थियो ।