बुटवल-बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन्।
संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित भए । अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरेे। संघको नयाँ कार्यसमिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ (९३२), दिपकप्रसाद चापागाई (९६९), कृष्ण श्रेष्ठ (९५२), मोहम्मद जमिल खान (८५७), सुमोदमान सैंजु (९३१), टिकाराम बञ्जाडे (९५०), त्रिबिक्रम श्रेष्ठ (८८६) मत सहित विजयी भए भने महिला सदस्य तर्फ जमुना पौडेल (६३४) र मीना प्रधान (६११) विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।
नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए।
अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

