बुटवल- बुटवल उद्योग बाणिज्य संघको २४ औं अधिवेसन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ। संघको सचिवालय वालमन्दिर परिसरमा विहान ९ बजेदेखी मतदान सुरु भएको हो। मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।
संघमा १ हजार ६ सय १३ सदस्यले मतदान गर्न पाउने छ। संघको अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु र बाणिज्य उपाध्यक्ष हरि अर्याल मैदानमा छन्। अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र केही सदस्य पदको लागि मतदान भएको हो।
बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, एशोसिएट सदस्य र उद्योग सदस्य र बाणिज्य सदस्यमा यस अघि नै एक उमेद्वारी परेकाले निरविरोध भएको छ।