बुटवल- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षको लागि उमेद्वारी दिएका उज्वल कसजुलाई १० जना बर्तमान तथा पूर्व अध्यक्षहरुले समर्थन गरेका छन्। पत्रकार सम्मेलन गरी उनीहरुले अहिले बरिष्ठ उपाध्यक्ष रहेका कसजुलाई अध्यक्ष गराउन एक मत रहेको जनाएका छन्।
कसजुलाई बर्तमान अध्यक्ष खिमबहादुर हमालसँगै महेशमान सिंह, सुरेन्द्र श्रेष्ठ, नवराज श्रेष्ठ, महेशकुमार राजभण्डारी, हिराप्रसाद श्रेष्ठ, जिवनप्रसाद ओझा, अर्जुनमान सैंजु कुशप्रसाद मल्ली र निर्मलप्रसाद लाकोलले समर्थन गरेका छन्।
पत्रकार सम्मेलनमा कसजुले कोभिडमैत्री अर्थतन्त्रलाई जोड दिने, मोतिपुर औद्योगिक करिडोर प्रर्वद्धनको लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै सचिवालय व्यवस्थापन गरि प्रविधिमैत्री गराउने, भन्सार प्रणालिलाई व्यवसायिकमैत्री बनाउने, बजार क्षेत्रमा पार्कङ व्यवस्थापनको लागि ए ए मोडलको विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।
कसजुले आफू २१ वर्षदेखी संघमा आबद्ध भएको ३ कार्यकाल कार्यसमिति सदस्य, एक एक कार्यकाल कोषाध्यक्ष, बाणिज्य उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रहेको भन्दै अब संघको नेतृत्व गरेर केही गर्न चाहेको बताए।