बुटवल- बुटवल उद्योग बाणिज्य संघको २४ औं अधिवेसन अन्तर्गत मंगलबार उमेद्वारको मनोनयन दर्ता भएको छ। संघको अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी दिएका छन्। बरिष्ठ उपाध्यक्ष सहित १३ पदमा एकल उमेद्वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यस्तै उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नारिश्वर शर्मा र महासचिवमा बिमलराज भट्टराईको उमेद्वारी परेको छ। संघको कोषाध्यक्ष पदमा २ जना र सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको निर्वाचन समिती प्रमुख बाबुराम पाण्डेले जानकारी दिए।
कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे तथा सचिव पदमा बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीको उम्मेदवारी परेको हो ।
एक एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझाको एकल उम्मेदवारी परेको छ। त्यस्तै ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ। ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग र संजय कलवार जयसवालको उम्मेदवारी परेको छ।
खुल्ला तर्फको ७ सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ। खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो।
महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। साझ बजेसम्म उमेद्वारी फिर्ताको समय तोकिएको छ। संघको २४ औं अधिवेशन अन्तरगत १३ गते बिहिबार मतदानको कार्यक्रम तय गरिएको छ ।