बुटवल- नेपालको ठूलो अनलाइन बजार, दराज ले दराज हाटबजार सुरु हुने घोषणा गरेको छ। यस अभियानका साथ् दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको जनाएको छ । यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउने र जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्ने बताइएको छ।
दराज हाट बजारमा प्रदर्शित “खेल १ रुपैयाँको” गेममा भाग लिये ग्राहकहरुले रु १९,९९९ मूल्यको नयाँ “मोटोरोला जी प्ले” जस्ता पुरस्कार केवल १ रुपैयाँ मा जित्न दराजले जनाएको छ । यस बाहेक ग्राहकहरुले रु १५,९९० मूल्यको “अनर वाच म्यगिक” घडी, साथै रु २१,७२५ पर्ने आकर्षक “तिन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस” पनि जित्न सक्नेछन्।
यी सहित रु ७८४५ पर्ने “छ महिनाको डिश होम इन्टर्नेट प्याकेज” पनि जित्न सकिने दराजले जनाएको छ। खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन्। यदि जितेनन् भने रकम फिर्ता हुनेछ।
किनमेललाई सुविधाजनक बनाउन दाराजले एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंक सँग साझेदारी गरि सजिलो मासिक किस्त सेवा (ईएमआई) शुरू गरेको छ। बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्ने बताइएको छ।
यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट् पाउन सक्छन ्। यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित रहने उल्लेख छ। बैंक डेज अफर निम्नानुसार छः
आइतवारः सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म छूट (अधिकतम रु ५००)
सोमबारः सानिमा बैंकबाट १० प्रतिशत सम्म छूट(अधिकतम रु ५००)
बुधवारः एनआईसी एशिया बैंकबाट १० प्रतिशत सम्म छूट(अधिकतम रु ५००)
शुक्रवारः नाबिल बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु ५००)
शनिवारः स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम रु ५००)
साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको जनाएको छ ।
यस्तै दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु २०० मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउने बताइएको छ ।