भैरहवा -उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघमा नेतृत्वका लागि चुनावी दौड सुरु भएको छ ।
संघको अगामी २ वर्षे कार्यकालका लागि मंगलबार निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै उम्मेदवारका आकाक्षीहरु पनि दौडधुपमा लागेका छन । फागुन २२ गते ६२ औं साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि नयाँ नेतृत्व चयन हुने तय भएको छ ।
संघका कानुनी सल्लाहकार तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिव गौडेलले संशोधित विधान २०७४ बमोजिम फागुन २२ गते शनिबार संघको सभाहलमा निर्वाचन कार्यक्रम गरिने बताए । निर्वाचनका लागि बुधबार ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।
फागुन २२ गते सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा विहान ९ बजे देखि ४ बजे सम्म मतदान हुनेछ । संशोधित विधान अनुसार अबको २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन्छ । ३१ सदस्सीय कार्यसमिती रहेको संघमा यस वर्ष ३२ सदस्यीय कार्यसमिति रहने छ । २०७४ सालको संशोधीत विधान अनुसार १०० जना कर्पोरेट सदस्य भएमा १ जना निर्वाचित कर्पोरेट उपाध्यक्ष रहने व्यवस्था भए बमोजिम हाल कर्पोरेट सदस्यको संख्या १४७ पुगेकोले विधान अनुसार कर्पोरेट उपाध्यक्ष पद भएको छ ।
संघको नयाँ नेतृत्वमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (बाणिज्य), उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (कर्पोरेट), महासचिब, सचिब, कोषाध्यक्ष तथा सदस्यहरूमा १ महिला सहित ११ पद बाणिज्य तर्फ, १ महिला सहित उद्योगतर्फ ६ सदस्य, एशोसियट(कर्पोरेट) सदस्य २ पद र वस्तुगत सदस्य १ पद गरि २८ पदीय निर्वाचित नेतृत्व रहने छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य मनोनित गरी ३२ जनाको कार्यसमिती हुनेछ ।