काठमाडौँ - नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको छ। मंगलबार राती १२ बजेदेखी लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको हो।
मुल्यबृद्धिपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ। निगमले एक हप्ता भित्रै दुइ पटक भाउ बढाएको हो।
यसअघि माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएकाले मुल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ।