काठमाण्डै- नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १०(फ्रेब्रुअरी २२) गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ। नयाँ म्यागनाईट गाडि देशभरका सोरुमहरुमा उपलब्ध गराईने हुदाँ ग्राहकहरुले "Engineered in Japan, Inspired by India" एसयुभी गाडिको अनुभुति लिन पाउने छन्।
पायोनियर मोटो कर्प प्रा. लि. का प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ-निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र मुल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक हो। बिग, बोल्ड, आकर्षक र Carismatic SUV विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समय देखी प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफर हरुका साथ आउने छ।
निशानले आफ्नो उत्पादकत्वको बिकास गर्दै "Make in India, Make for the World" एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको र त्यसो गर्ने पहिलो अन्तराष्ट्रिय बजार नेपाल भएकाे जनाएकाे छ। २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिईएकाले, भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको उल्लेख छ।
“नयाँ निशान म्याग्नाइट NISSAN NEXT रणनितिको लागि महत्त्वपूर्ण हुनेछ। निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो।