कपिलवस्तु- कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा डोलकराम घिमिरे निर्वाचित भएका छन्। प्रत्यासी टोपनारायण बेलबासेलाई पराजित गर्दै घिमिरे विजयी भएका हुन्।
निर्वाचित घिमिरेले ७ सय ६९ मत प्राप्त गरेका छन्। वेलवासेले ७ सय १९ मत ल्याएका छन्। त्यसै गरी संघको बरिष्ठ उपाध्यक्षमा छवि रेश्मी मगर, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिवमा मनोज पौडेल विजयी भएका छन्।
त्यस्तै सचिवमा कोपिल पौडेल, कोषाध्यक्षमा विनोद पन्त र सहकोषाध्यक्षमा यमबहादुर केशी निर्वाचित भएका छन्। संघको नयाँ नेतृत्वको लागि मंगलबार मतदान भएको थियो ।