दाङ-लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका (देउखुरी)काे लमहीमा पहिलो पटक ग्लाेवल आइएमी बैंककाे शाखा स्थापना गरिएको छ। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा ग्लाेबल आइएमी बैंकका अध्यक्ष चन्द्र ढकालले शाखाकाे उद्घाटन गरे। उनले उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैकाे ग्लाेबल आइएमी बैंक भएको बताए।
उनले स्थानीय स्तरबाट संकलन हुने रकमनै स्थानीय स्तरकाे आर्थिक, भाैतिक र सेवा क्षेत्रकाे विकासमा लगानी केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे ।`याे क्षेत्रकाे आर्थिक विकास र सम्भावीत पूर्वाधार विकासमा सहयाेग पुर्याउन बैंक स्थापना भएको हाे´उनले भने-`स्वराेजगार व्यवसाय देखि कर्पाेरेट विकासमा लगानी लगाएका छाैं ।´
बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाले बैंककाे ७५ जिल्लामा सेवा पुगेकाे र २६५ बढी शाखा रहेकाे बताए भयाे । बैंककाे चुक्ता पुजी २२ अर्व, निक्षेप २ खर्ब ५० अर्ब बढी रहेकाे छ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनाेदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए। शाखा प्रवन्धक प्रदिप गाैतमकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे सञ्चालन डिल्लीराज भुसालले गरेका थिए ।