भैरहवा । होटल तथा रेष्टुरेन्ट खुल्ने क्रमसँगै भैरहवा फरक विशेषताका साथ थप एक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । भैरहवाको मुख्य बजार नारयण पथमा विदेशी परिकार स्वदेशी स्वादमा पस्किन ढेड करोडको लगानीमा इन्फिनिटी लंङ रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
भैरहवाबासीका साथसाथै भारतिय पर्यटक र अन्तराष्ट्रिय विमानस्थललाई मध्यनजर गरी यूवा होटल व्यवसायी राजकुमार सेञ्चुरीको एकल लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको छ । हङकङमा होटल व्यवसाय नै गर्दै आएका सेञ्चुरीले नेपाल आएर यही नै नयाँ कामको सुरुवात गर्ने उद्देश्यले धुवा धुलो तथा ध्वनि प्रदुषणबाट टाढा, दिनभरिको तनावबाट मुक्त गर्न रुफ टप रेष्टुरेन्टको धारणा सहित भैरहवा बासीलाई नौलोपन दिएको छन् । चौथो तल्लामा स्थापित रेष्टुरेन्टबाटे खुला आकाशमा १८० डिग्री भ्यु, ३६० डिग्री भ्युबाट भैरहवाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । ३०० जना अट्ने क्षमता रहेको रेष्टुरेन्टमा भारत र नेपालका कुकबाट एसियन पयुजनका परिकारहरु मसरुम चिज मोमो, चिकन ताइपाई, विन्सप्रोट, स्याउ–चुकन्दरको विशेष सलाद, चिकन पिपर सेकुवा, बटर कर्न, मटका विरयानी र मटका मटन लगायतको परिकार नयाँ स्वादमा उपलब्ध गराउने सञ्चालक सेञचुरीले बताए ।
ग्राहहरुलाई प्रणलीमा ल्याउन ३ वटा विभिन्न प्याकेजमा मेम्बरसीप बनाएर क्लब तथा लाइभ म्युजिक सहितको सेवा दिइने छ । ३५ जनालाई प्रत्यक्ष रोजगार दिएको रेष्टुरेन्ट सञ्चालनमा आएपनि छिटै नै औपचारिक उद्घाटन गरी ताजा फलफुलको जुस कक्टेल र मक्टेलहरु उपलब्ध गराउने सञ्चालक सेञ्चुरीले बताए ।