बीबीसी । नेपालको राजधानी काठमाडौंबाट चितवनसम्मको दूरी एक सय ७० किलोमिटर छ । त्यहाँ जानका लागि ट्याक्सी खोजेँ । ट्याक्सीको नाममा स्कोर्पियो भेटियो । ड्राइभर लक्ष्मण लौडारी भारत र साउदी अरबमा १० बर्ष बसेका रहेछन् । लक्ष्मणले काठमाडौंबाट चितवनसम्म आएको र गएको गरी लगभग ११ हजार रुपैयाँ भारतीय रुपैयाँ लिए । यदि दिल्लीमा यति नै दूरीको लागि ट्याक्सी गरेको भए लगभग चार हजार रुपैयाँले पुग्थ्यो ।
लक्ष्मणसँग किन यति धेरै पैसा लिएको भनेर सोधेँ ।
यसमा लक्ष्मण हास्दै भने–‘मलाई सरकारले लुट्छ । म जनता लुट्छु । तपाईलाई थाहा छ मैले यो स्कोर्पियो कतिमा किनेको हुँ ? दुई बर्षअघि यो सेकेण्ड ह्याण्ड स्कोर्पियो लगभग २२ लाख भारतीय रुपैयाँमा किनेको थिएँ । तीन लाख रुपैयाँ अझैं थप्ने हो भने भारतमा नयाँ स्कोर्पियो नै किन्न सकिन्थ्यो होला । मैले तपाइँसँगबाट किन यती धेरै पैसा लिएँ भनेर अब नसोध्नुहोस् ।’
लक्ष्मण केही आक्रोशमा भन्छन्–‘हामीबाट सरकारले केवल असुली गर्छ । दिनेबेला केही दिदैंन ।’
हुनपनि नेपालमा सरकारले मोटर तथा गाडीका लागि बोरा भरेर ट्याक्स लिन्छ । भारतसँगबाट गाडी खरिद गरेमा नेपाल सरकारले भन्सार, राजश्व, स्पेयर पार्ट्स, रोड र भ्याट मिलाएर जम्मा दुई सय ५० प्रतिशतभन्दा धेरै ट्याक्स लिन्छ । यस कारणले यहाँ गाडीको मूल्य भारतका तुलनामा लगभग चार गुणा महङ्गो पर्छ ।
मोटरसाइकलको मुल्यमा पनि नेपालले आकाश छुदैं छ । नेपाल सरकारले यी साधनहरु विलाशका साधन भएकाले ज्यादा ट्याक्स लिइन्छ ।
यद्यपि, यी साधनहरुलाई बिलासी भन्न मिल्ने गरी नेपालमा सार्वजनिक यातायात पनि उति सारो राम्रो छैन ।
काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक विश्व पौडेल भन्छन्–‘जबसम्म नेपालमा राणा शासन रह्यो, तबसम्म यहाँका मानिसहरुलाई खुलेर बाँच्न दिइन्थेन । राणा शाहीहरुलाई नेपालीहरुलाई सुख–सुविधामा बाँचेको मन पर्थेन । त्यहीँ कुरा आजसम्म पनि जारी छ ।’
‘मोटर गाडीमा दुई सय ५० देखि तीन सय प्रतिशतसम्म ट्याक्स लगाउनुको केही अर्थ छैन । बरु यसको बदलामा टोल ट्याक्स लिएर सडक निर्माण गरेको भए राम्रो हुन्थ्यो । काठमाडूदेखि बिरगंज सम्मको दूरी एक सय ५० किलोमिटरभन्दा पनि थोरै छ । त्यहाँबाट ट्रक आउन दुई दिनको समय लाग्छ । नेपालमा सडकको हालत निकै खराब छ ।’–उनी भन्छन् ।
सरकारको राजश्व बढाउने अन्य केही उपाय नआएका कारण यस्ता अर्थहिन ट्याक्स लगाएको विश्व पौडेल बताउँछन् ।
उनी भन्छन्–‘नेपाल विदेशी मुद्रालाई लगाउने ट्याक्स र विदेशमा रहेका आफ्ना नागरिकहरु माथि निर्भर छ । यहाँ लगानीको नाममा सन्नाटा छ । कोही लगानी लिएर आयो भने पनि बलिया सुविधाहरु छैनन् । सडक, बिजुली, पानी, दक्ष कामदार र सुगम सरकारी संयन्त्र छैन । कोही विदेशी कम्पनी आयो भने देश कब्जा गर्न आएको भन्ने मानसिकता छ । यस्तोमा कसले लगानी गर्छ र ।’
नेपाल सरकारलाई नागरिकले सस्तोमा सामान पाउन् भन्ने नचाहेको विश्व पौडेल बताउँछन् । कुरा कार र मोटरसाइकलको मात्रै होइन, यहाँ खाने–पिउने सामान पनि उत्तीकै महँगो छ । एक कप चियाको लागि कमसेकम १४ भारु तिर्नु पर्छ ।
रेष्टुरेण्टमा खाना खाने हो भने कम्तीमा एक हजार रुपैयाँभन्दा कमले पुग्दैन । यहाँ मटन ९ सय रुपैयाँ प्रति किलो छ । अहिले आलुको सिजन हो, तर यहाँ नेपाली नोटमा ४५ रुपैयाँ प्रतिकिलो छ । प्याजको मुल्य ९० रुपैयाँ प्रतिकिलो छ ।
भारतको आरबीआई जस्तै नेपालमा राष्ट्र बैंक छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्–‘भारतसँग मुल्यको तुलना गर्नुको केही अर्थ छैन । हामी भुपरिवेष्ठित मुलुक हौं । हामी समुन्द्रसँग जोडिएका छैनौं । नेपालको कूल अन्तराष्ट्रिय व्यापारको ६५ प्रतिशत भारतसँग मात्रै हुन्छ । हामी आयात धेरै गरिरहेका छौं । निर्यातको नाममा केही कृषि उत्पादन मात्रै भारत बेच्छौं । यस्तोमा देश चलाउनलाई राजश्वको नाममा धेरै ट्याक्स उठाउनु बाहेक अन्य विकल्प केही देखिदैन ।’
नरबहादुर थापा भन्छन्–‘नेपालको अर्थव्यवस्थाको आकार करिब ३५ अर्ब डलरको छ । यसमा सबैभन्दा धेरै योगदान कृषि र सेवा क्षेत्रको छ । विनिर्माण क्षेत्र शून्य बराबर छ । हामीले नेपालको तुलना बङ्गलादेशसँग पनि गर्न सक्दैनौं । बङ्गलादेशसँग समून्द्र छ । हामीसँग त भारतको अलावा कुनै विकल्प छैन । चीन त छ तर अझै धेरै चिजहरु विकास हुन पाएको छैन ।’
तर विश्व पौडेल भन्छन्–‘बङ्गादेश रेडिमेड कपडा बनाउनमा अब्बल हुन सक्छ, जेनेरिक औषधि उत्पादनमा भारत पछि दोस्रो नम्बरमा आउन सक्छ भने नेपालले किन गर्न सक्दैन ?’
उनी भन्छन्–‘एक त यहाँ राजनीतिक माहोल छैन । राम्रोसँग पढेका लेखेका नेपालीहरुलाई यहाँ राम्रो जागिर पाइन्न । यदि कोही बिहारी खाडी देशमा नोकरी गर्छ भने उसले एक साल कमाएर बिहारमा आफ्नो राम्रो घर बनाउन सक्छ । त्यहीँ काम नेपालीले गर्न सक्दैन । नेपालीालाई घर बनाउन कमसेकम एक करोड रुपैयाँ खर्च गर्न पर्छ ।’
नेपाल अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलाल भन्छन्–‘नेपालमा पछिल्लो ४० बर्षमा कुनै नयाँ सडक बनेको छैन । यदि ट्याक्स लगाइएन भने सडकमा गाडीहरु धेरै हुन्छन् भनेर सरकारले बहाना गर्छ । पछिल्लो चार दशकदेखि सडक पनि नबनाउने अनि गाडी कमगर्न भारी ट्याक्स पनि लगाउने ! यो अजीव कुरा हो ।’
दुलाल भन्छन्–‘यिनीहरुले जनतालाई नेपालमा गाडीहरु धेरै भएको बताउँछन् । जबकी सत्य के हो भने नेपालमा सडक कम भएका छन् । यिनीहरुले तीन सय प्रतिशत ट्याक्स लिइरहेका छन् । सडक बनाउनमा ध्यान दिनु पथ्र्यो तर सबै योजनाहरु रुग्ण छन् ।’
‘राजनीतिक अस्थिरता थामिने नामै लिन्न । यस्तोमा विकास कहाँबाट हुन्छ ! ९० प्रतिशत गाडीहरु भारतबाटै नेपाल आउँछन् । अब टीभीएस र बजाजको एसेम्बलिङ नेपालमा नै हुुन गइरहेको छ । तर यसको फाइदा जनतालाई सायदै मिल्छ । यसका लागि सरकारले ट्याक्स कमगर्न जरुरी छ ।’
दुलालका अनुसार ट्याक्सीको भाडा महङ्गो हुनुको कारण स्पेयर पार्ट्समा ४० प्रतिशत ट्याक्स लाग्नु हो, त्यसैमाथि सडकहरु खराब छन् त्यसैले सर्भिसिङ छिटो गर्नु पर्छ । जाम पनि उस्तै छ । यसमा तेल र समय धेरै खपत हुन्छ ।
दुलाल भन्छन्–‘अहिले सरकारले ट्याक्स कम गर्छ भन्ने केही आसा छैन ।’
नेपालमा विजुली पनि धेरै महँगो छ । यहाँका मानिसहरुले प्रति युनिट १२ रुपैयाँका दरले विजुलीको बिल तिर्छन् । सडक किनारका सैलुनहरु जसमा कपाल काटेको भारतमा २० देखि ५० रुपैयाँ लिन्छन्, त्यही कपाल काट्न यहाँ दुई सय २० नेपाली रुपैयाँ दिनुपर्छ । किताब, नोटबुक, कलम र दबाइहरुमा पनि नेपालमा निकै महङ्गी छ ।
मधेशको रौतहटका शिवशंकर ठाकूर काठमाडौंको धोविघाट इलाकामा सडक किनारमा कपाल काट्छन् । बाल काटिसकेपछि जब उनले दुई सय २० रुपैयाँ लिए, मैले उनले निकै धेरै लिएको बताए । उनले भने–‘तपाई अन्दाज गर्नुस त यो झुपडीको भाडा कति दिएको हुँला ?’ मैले भने–‘दुई हजार रुपैयाँ ।’ उनी हास्न लागे । भने–‘यसको भाडा १० हजार रुपैयाँ छ ।’
यदि तपाई सस्तोमा घुम्न पाइन्छ भनेर नेपाल आउन लाग्नु भएको छ भने निराशा मात्रै हात लाग्छ । पोखरा र सोलुखुम्बु सिंगापुर जस्तो महङ्गो छ भनिन्छ । सोलुखुम्बु त्यही ठाउँ हो जहाँबाट माउण्ट एभरेष्टमा चढ्न मानिसहरु सुरु गर्छन् । (बीबीसी हिन्दीमा प्रकाशित सामग्री लुम्बिनी टाइम्सले अनुवाद गरेको हो ।)