बुटवल । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसन शुक्रबारदेखि बुटवलमा शुरु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खाँले कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम भोली शनिबारसम्म चल्ने छ ।
कार्यक्रमको उद्घाटन गर्दै खाँले सरकारको भाषण अनुसार समृद्धिका सूचकहरु नभएको आरोप लगाए ।
महासंघका संस्थापक अध्यक्ष उमेश शेरचनले सरकारको आफुहरुप्रतिको नकारात्मक सोच अन्त्य गरी मानववीय क्षति गराउने सिद्धबाबा जस्ता उपयोग विहिन डाँडाहरुमा मापदण्डअनुसार उद्योगहरु सञ्चालन गर्न दिइनुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, रुपन्देही जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्मा, नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष टोप बहादुर रायमाझी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैधलगायतले क्रसर उद्योगहरुलाई निशेध नभई प्रभावकारी मापदण्डअन्तर्गत केही खुकुलो गरी चल्न दिनुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा महासंघका सल्लाहकार तथा कार्यक्रमका संयोजक दिपक भण्डारी, लुम्बिनी प्रदेशका संयोजक गोपाल ज्ञवालीलगायतले बोलेका थिए ।
कार्यक्रमा क्रसर ब्यवसाय संस्थागत गरेर योगदान दिएका टंक भुषाल, राम थापा र मान बहादुर लामालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । हाल देशभर ५ सय हाराहारीमा क्रसर ब्यवसायी रहेका छन् ।