काठमाडौं। नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। शेयर निस्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागअनुसारको शेयर पाएका छन्।
बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरिएको छ।
बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पुँजी २० अर्ब रूपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो।