बुटवल-बुटवलमा उपभोक्ताको मागलाई ध्यानमा राखेर हाइपर मार्केट सञ्चालनमा आएको छ।
शैक्षिक सामग्री उपलब्ध हुने बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टकै कम्प्लेक्समा अन्नपूर्ण हाइपर मार्केट सञ्चालनमा आएको हो।
मार्केटको औपचारिक उद्घाटन भने यही माघ १२ गते हुने डेल्टा एजुकेशनल मार्ट प्रा.लि.का अध्यक्ष लोकनाथ उपाध्यायले जानकारी दिए।
५ करोड लगानीमा शुरु भएको मार्केटमा दैनिक उपभोग्य वस्तुहरु उपलब्ध छन्। आधुनिक मार्ट संस्कृतिमा उपभोक्ताको आकर्षण बढ्दै गएको र माग बढेकोले डेल्टा एजुकेशनल मार्ट र अन्नपूर्ण हाईपर मार्केटिङले साझेदारीमा मार्केट सञ्चालनमा ल्याएको उनले बताए।
मार्टको पहिलो तलामा ग्रोसरीसहित फलफूल, तरकारी तथा माछामासुजन्य सामग्री छन्।
त्यस्तै दोस्रो तलामा शैक्षिक सामग्री र तेस्रो तलामा खेलकुद तथा फर्निचरका सामाग्री उपलब्ध एउटै छानामुनि सबै प्रकारका सामाग्री पाईने र ठूलो परिमाणमा खरिद बिक्री हुने भएकोले उपभोक्ताले अन्यत्रभन्दा सस्तो मूल्यमा सामान पाउने मार्केटका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले बताए। उनले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताए।

.jpg)