काठमाडाैँ- स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ।
प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो। यस्तै चाँदी तोलामा रु १५ ले बढेको छ। रु एक हजार २६० मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मूल्य निर्धारण भएको छ। रासस