भैरहवा–रुपन्देहीको बेलहिया नाकाबाट दैनिक हजारौ लिटर पेट्रोलियम पदार्थ भारत फर्किने गरेको छ ।
भारत भन्दा नेपालमा पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल सस्तो भएकोले भारतिय मालवाहक सवारीसाधन फर्किदा पेट्रोलियम पदार्थ पुनः भारत लैजाने गरेका छन् ।
नेपाल सरकारले कोभिडलाई मध्यनजर गर्दै भैरहवा सहित मुख्य १० वटा नाका मात्र सुचारु गरेको छ ।
भैरहवा भन्सार कार्यालय हुदै निर्वाध रुपमा भारतिय मालवाहक सवारीसाधनले प्रवेश पाए पनि फर्किदा नेपालबाट नै तेल भरेर जाने गरेका छन् ।
भारत भन्दा नेपालमा प्रतिलिटर डिजेलको मूल्य २६ रुपैयाँ र पेट्रोलमा २४ रुपैया कम छ । मुल्यमा अन्तर भएपछि भारत हुदै नेपालको लागि आएको पेट्रोलियम पदार्थ पुनः भारत तर्फ जाने गरेको छ ।
सिमावर्ती क्षेत्रका बसिन्दाले समेत नेपालबाट नै तेल प्रयोग गर्न थालेपछि भारतको सुनौली नौतनवा लगायतका सिमा पारिका पम्प सञ्चालकहरुले पटकपटक आवाज उठाउदै आएका छन् ।
भैरहवा भन्सार कार्यालयको तथ्याङक अनुसार दैनिक सरदरमा ४ देखि ४ सय ५० सय मालबाहक गाडी नेपाल भित्रिएपनि अधिकांश भारतिय मालबाहक गाडीमै सामान गन्तव्य सम्म पुग्ने गरेको छ ।
केही नेपाली गाडी मात्र भारतको नौतनवा गई नेपालका लागि सामान ल्याए पनि दैनिक ३ सय बढि गाडी नेपाल भित्रिदा फर्किने क्रममा उक्त गाडीले सरदर २ सय देखि ३ सय लिटर सम्म पेट्रोलियम पदार्थ डिजेल भरेर फकिर्ने गरेका छन् ।
यसरी उक्त गाडीले सरदरमा दैनिक ८० देखि ९० हजार लिटर तेल भारत फर्किने गरेको पाइएको छ ।
भारतमा भन्दा सस्तो मूल्यमा डिजेल नेपालमा पाइने भएकोले गाडीचालकहरुले भारतबाट गनतव्य पुग्न आवश्यक तेल मात्र हालेर नेपाल आउने गरेका छन् ।
एउटा मालबहाक गाडीमा ३ सय ५० लिटर सम्म डिजेल भर्ने क्षमता हुन्छ, कुनै गाडीमा अतिरिक्त टयाङकी पनि जडान हुन्छ ।
‘ट्रान्सपोर्ट कम्पनीले भारतीय मूल्य अनुसार तेल हाल्ने पैसा दिन्छ, हामी नेपाल पुग्ने ठाउँ सम्मका लागि तेल हालेर नेपाल आउँछौ, नेपालमा तेल सस्तो भएकोले अतिरिक्त बचत हुन्छ भनेर नेपालमै तेल हाल्ने गरेका छौं’–राजस्थानबाट टायल बोकेर नेपाल आएको गाडीका चालक पंकजले बताए । उनका अनुसार नेपालमा आएर तेल भर्दा प्रति ट्रिप ६ हजार अतिरिक्त आम्दानी हुन्छ।
नेपाल आयल निगम क्षेत्रिय डिपो भलवारीलाई दैनिक ठूलो मात्रामा पेट्रोलियम पदार्थ भारत जान्छ भन्ने अवगत हुदा समेत यसतर्फ कुनै ठोस कदम चालिएको देखिदैन ।
सिमा बन्द हुदाको अवस्थामा ८० देखि ९० हजार लिटर तेल एउटै नाकाबाट बाहिरीदा सिमा खुल्न साथ यो क्रम थप बढ्दैन भन्न सकिदैन ।
अहिले त मालबाहक गाडी मात्र आएका छन्, अन्य मोटरसाइकल, कारहरु आउँदा प्रतिदिन करिब लाखौ बढीको फाइदा भारतीय चालकहरुले गर्ने देखिन्छ ।
‘आयल निगमको काम तेल बेच्ने हो, हामीले अभावको बेला हामीले नियन्त्रणका लागि अनुगमनहरु गरेपनि अहिले पर्याप्त रुपमा तेल आइरहेको छ’–नेपाल आयल निगम क्षेत्रिय डिपो भलवारीका सूचना अधिकारी रमेश ज्ञवालीले बताए ।
सिमा क्षेत्रका पम्पहरुमा पहिलाको तुलनामा खपत बढेको छ । केन्द्रबाटै भारतीय गाडीको सन्दर्भमा केही राष्ट्रिय रुपमा निति बनाए नियन्त्रण गर्न सकिने निगमका अधिकारी बताउँछन्।
पेट्रोल पम्पका सञ्चालकहरुको काम तेल बेच्ने हो, नेपालीहरुले उधारोमा कम तेल लिन्छन भारतीय गाडीहरुमा तेल हाल्दा तुरुन्त नगद पनि पाइने तेल पनि ठूलो परिमाणमा लिने भएकोले पेट्रोल पम्पहरुको आकर्षण भारतीय सवारीसाधन हुने गरेको छ ।
उनीहरुले तेल भर्दा भारतीय मुद्रा दिने र जस्को सटहीबाट समेत थप आय हुने गरेको नाम नबताउने शर्तमा एक सञ्चालकले भने ।
भारतीय गाडीहरुलाई नेपालमा तेल भर्दा छुट्टै मुल्य तोक्नु पर्ने निति बनाउन यातायात ब्यावसायीहरु बताउछन । सस्तोमा तेल प्रयोग गर्दा उस्लाई भाडा पनि कम हुन्छ जसले प्रतिस्पर्धा गर्न सकिन्न यसको लागि सरकारले पनि कुनै कदम चाल्न आवश्यक छ । नेपाली ट्रकहरुलाई भारतमा लोड गर्दा धेरै दुख दिने गरेका छन् ।
भारतमा गाडीको मुल्य सस्तो हुने नेपालमा तेल आएर तेल सस्तोमा पाएपछि भारतिय ट्रकहरुसँग नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसकी ट्रक व्यवसायी मारमा परेको नेपाल ट्रक व्यवसायी समिति रुपन्देहीका अध्यक्ष विष्णु खरेलले भने । हामीले समय समयमा अनुगमन र नियन्त्रण गर्ने निकायलाई अवगत गराए पनि सुनुवाई नभएको अध्यक्ष खरेलले बताए ।