काठमाडौं-नेपाली बजारमा सुनको भाउ लगातार उकालो लागिरहेको छ। सुनको भाउ तीन दिनमै १ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ पुस १ गते तोलाको ९३ हजार १ सय रुपैयाँ रहेकामा शुक्रबार ९४ हजार ३ सय पुगेको छ।
छापावाल सुन बिहीबार तोलामा ९३ हजार ५ सय रहेकामा शुक्रबार ८ सय रुपैयाँले उकालो लागेको छ। महासंघका अनुसार तेजावी सुनको भाउ ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ पनि लगातार उकालो लागिरहेको छ। चाँदीको भाउ तीन दिनमै ५० रुपैयाँले बढेको छ।
पुस १ गते प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ शुक्रबार १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ तोलाको १ हजार २ सय ५५ रहेकामा शुत्रबार २५ रुपैयाँले उकालो लागेको हो।