भैरहवा–सिमापारी लाग्ने फरेनिया बजारमा किनमेल गर्न खेत खेतबाट नेपालीहरु भारत जाने गरेका छन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर नेपाल सरकारले मुख्य १० वटा नाकाबाहेकका सबै सीमा नाका पूर्ण रुपमा बन्द गरेको भएपनि रुपन्देहीको सिमानाकाको भारतीय बजार फरेनिया खुल्ला रुपमा आउजाउ भइरहेको छ ।
जोखिमका कारण केही समय बन्द भएको बजार विगत दुई महिना देखि फेरी नियमित रुपमा लाग्दै आएको छ । विगत ३ दशकदेखी लाग्दै आएको यो बजार नेपालीहरुमा आश्रित छ । खुला सिमाना र प्रहरीको निगरानी कम भएकाले भारतिय भुमिमा लाग्ने बजारमा नेपालीहरु जोखिम मोलेर जाने गरेका छन्।
बजार जाने मुख्य मार्ग मेउडिहवा, रानीगाँउ, र पूर्व नौडिहवा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएपनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट खुलेआम नेपालीहरु किनमेलगर्न सिमा पारी गइरहेका छन्।
हरेक बुधबार र शनिबार सिमावर्ती क्षेत्रमा लाग्ने सो बजारका कारण वार्षिक करोडौं नेपाली मुद्रा भारत जाने गरेको छ। कोरोनाको जोखिम थाह हुँदा हुदै पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो किनमेल गर्न गएको रुपन्देहीको बेथरीकी कमलावती चौधरीले बताइन्। ‘४–५ वर्षदेखि यहाँ बजार गर्न आउथें, केही समय कोरोनाले बजार बन्द थियो। मह्रगो भएपनि नेपालमै बजार ग¥यौं। अहिले फेरी आएका छौं’ उनले भनिन् ‘प्रहरीले मुख्य बाटोबाट आउन नदिएपछि खेत खेत हुदै आउनु प¥यो।’
घरको लागि चाहिने खाद्यान्न, तरकारी, लत्तकपडा, भाडाकुडा सबै सामान सस्तोमा पाइने भएकोले प्रहरीलाई भुक्याएर बजार गर्न आएको सिद्धार्थनगर ४ का सुवास यादवले बताए। ‘साइकल मेउडिहवाको चोकमा राखेर पैदल बजार गर्न आएको छु नेपाल भन्दा धेरै सस्तोमा यहाँ सामान पाइन्छ’।
चौधरी र यादव जस्तै हजारौको सङ्ख्यामा सर्वसाधारण नेपालीहरु फरेनियामा सामान किन्न जाने गरेका छन । नाकाबन्दीको समय पछि बढ्दै गएको यो बजार पछिल्लो समय झन झन बढी कारोबार हुन थालेको छ । भैरहवा सहित आसपास लाग्ने हाट वजारमा ग्राहकको अभाव र व्यापारसमेत हुन छाडेको समयमा धुलौ धुलोमा सञ्चालीत फरेनिया बजारका हरेक पसलमा नेपाली ग्राहकको भिड लाग्ने गरेको छ । सिमाना बन्दका वाजुद अहिले लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिका कारण बजार नेपालीले भरिभराउ छ।
नुन देखि सुन सम्मका सबै बस्तु पाउने थलोको रुपमा परिचित यो बजार भैरहवाबाट ४ किलोमिटरदुरीमा रहेको छ। बजार भर्न रुपन्देही, कपिलवस्तु र नवलपरासी सम्मको उपभोक्ता आउने गरेका छन्।
सुरुदेखि नै नेपाली ग्राहक भारत जाने बानि परेकाले सस्तो भन्दै किनमेलका लागि जाने गरेको छन । सस्तोको नाममा गुणस्तरहिन खाद्यन्नको प्रयोगले आम नेपाली सर्बसाधरण समस्यामा परे पनि त्यस बिषयमा कोहि पनि सचेत नभएको उद्योगी व्यवसायीहरुको भनाई छ ।