काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।
सुनको मूल्य हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार मूल्य अझै बढ्न सक्ने अनुमान छ ।
यस्तै, चाँदी पनि आज मूल्य पनि बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो पनि अहिलेसम्मकै महँगो हो ।