बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि व्यक्तिगत रु सात करोड उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।
मन्दिरको जीर्णोद्धारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष सो रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्या समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना गर्ने गरि कार्यकारिणी वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।
उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको धरोहर बुद्धजन्मस्थल लुम्बिनी रहेको र मायादेवी मन्दिर त्यसको इतिहास भएकाले यसको संरक्षणका लागि जिर्णोद्धार गर्न प्रस्ताव गर्नुभएको हो ।
उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको कार्यकारी वा परिषद बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने निर्णय भएको छ।
नवनियुक्त उपाध्यक्ष लामाले बिहीबार पदभारग्रहण गर्नुभएको हो।