बुटवल-बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुलाई कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्न आग्रह गरेको छ।
बुटवलमा कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएकाले आइतबारदेखि भदौ ५ गतेसम्म कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गर्न आग्रह गरेको हो।
उपमहानगर क्षेत्रमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएकाले संक्रमण अरु फैलिन नदिनका लागि सबै बैंक तथा वित्तिय संस्था र सहकारीहरुलाई नगद कारोबार हुने सबै सेवा बन्द गर्न आग्रह गरेको र थप निर्देशनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।