काठमाडौं। चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम छ दिनमा रु ५२ अर्ब ३६ करोड बढी भुक्तानी भएको छ। महालेखा परीक्षक कार्यालयको तथ्याङ्क अनुसार वर्षको अन्तिम ६ दिनमा रु ५२ अर्ब ३६ करोड चाल लाख भुक्तानी भएको हो।
चालु आर्थिक वर्ष २०७९/०८० को असार २४ गतेसम्म रु १३ खर्ब ७६ अर्ब ५३ करोड ७२ लाख भुक्तानी भएको थियो। बाँकी ६ दिनमा ५२ अर्ब खर्च हुँदा असार ३० गतेसम्म १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख भुक्तानी भएको छ।
यो भुक्तानी रकम कुल बजेटको ८० प्रतिशत हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बजेट विनियोजन भएको थियो। चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रकम छुट्याइएकोमा १० खर्ब ६ अर्ब आठ करोड २० लाख अर्थात ८५.०९ प्रतिशत खर्च भएको छ।
पछिल्लो छ दिनमै चालूतर्फ चार अर्ब १४ करोड ७२ लाख रकम भुक्तानी भएको छ। असार २४ गते १० खर्ब दुई अर्ब ६५ करोड ४८ लाख खर्च भएकोमा ३० गतेसम्म रु १० खर्ब छ अर्ब ८० करोड २० लाख खर्च भएको छ।
यस्तै पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन गरिएकोमध्ये अहिलेसम्म रु दुई खर्ब ३२ अर्ब ६८ करोड २९ लाख अर्थात ६१.१७ प्रतिशत खर्च भएको छ।
पछिल्लो छ दिनमा पुँजीगततर्फ २१ अर्ब ८९ करोड ३६ लाख, वित्तीयतर्फ २६ अर्ब ३१ करोड ९६ लाख भुक्तानी भएको छ।