बुटवल । देवदह नगरपालिकाले आगामि आर्थिक वर्ष २०८०÷०८१ का लागि एक अर्ब सात करोड २४ लाख ५० हजार बजेट विनियोजन गरेको छ । नगरसभाको बैठकमा आइतबार उपप्रमुख विद्यालक्ष्मी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो ।
आर्थिक सामाजिक र पूर्वाधार विकासतर्फ विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकता दिने गरी बजेट प्रस्तुत गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
प्रस्तुत विनियोजन विधेयकमध्ये आर्थिक विकासमा २२ करोड ७० लाख, समाजिक विकासमा ७ करोड ४३ लाख, पूर्वाधार विकासमा ३ करोड ९० लाख, सेवा प्रवाह र संस्थागत विकासमा १६ करोड ६५ लाख, बातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४० लाख, वित्तिय व्यवस्थापन तथा सुशासनमा १० लाख रकम प्रबन्ध गरिएको छ ।