बुटवल । देवदह नगरपालिकाको आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकता दिने गरी नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहमा प्राविधिक शिक्षालय स्थापनाको लागि पहल गर्ने, अनाथ, विपन्न वालवालिकाको शिक्षा सम्पूर्ण दायित्व नगरपालिकाले लिने गरी शिक्षा नीति अवलम्बन गर्ने उल्लेख गर्नु भएको छ ।
नगरको नीति कार्यक्रममा आधारभूत स्वास्थ्य चौकी÷केन्द्र मार्फत देवदहवासीको नियमित स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परिक्षणको व्यवस्था गरिनुका साथै स्वास्थ रहौं, निरोगी बनौं भन्ने नाराका साथ देवदह क्षेत्रभित्र गुट्खा तथा सुर्तीजन्य पदार्थको बेचविखन निषेध गरिने उल्लेख गरिएको छ ।
देवदह नगरवासीलाई बार्षिक रुपमा १५ प्वाईन्ट निःशुल्क ब्लड उपलब्ध गराउने, देवदह नगरपालिका–६, सरनवारी केउलीमा खोप केन्द्र स्थापना गर्ने उल्लेख गरिएको छ । यसैगरी खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाउने नीति अवलम्बन गरिने, कृषि समूह तथा सहकारी मार्फत कृषकहरुलाई उन्नत जातको बिउ विजनमा अनुदानको व्यवस्था गरिनेछ ।
कोसेली घरलाई सञ्चालनमा ल्याई स्थानीय उत्पादनको बजारीकरण गरिनेछ । त्यसैगरी युवाहरुलाई कृषि पेसातर्फ आकर्षित गरी उत्पादन बृद्धि गर्न कृषि उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिएको नगर प्रमुख खरेलले बताउनुभयो ।
यसैगरी आगामी २ बर्ष भित्र राष्ट्रिय भूमि आयोगसँंग सहकार्य गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गरिनेछ । राष्ट्रिय भूमि आयोग र राष्ट्रि आवास कम्पनी मार्फत नापी भई अद्यावधिक राजश्वका कारण लालपुर्जा वितरण नभएका जग्गाको राजश्व घटाउन आवश्यक पहल गरिने छ
यसैगरी देवदह नगरपालिका–६, उजेरीमा होमस्टे सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने उल्लेख गरिएको छ । लुम्बिनी विकास कोषसँंगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा एक दिन देवदहमा बस्ने वातावरण तयार गर्ने, पुरातात्विक क्षेत्रको उत्खनन्लाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा नगर प्रमुख युवा उद्यमी कार्यक्रम, नगर प्रमुख संग उपप्रमुख कार्यक्रम लगायत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
प्रमुख खरेलले देवदहमा प्राविधिक शिक्षालय स्थापनाको लागि पहल गर्ने, अनाथ, विपन्न वालवालिकाको शिक्षा सम्पूर्ण दायित्व नगरपालिकाले लिने गरी शिक्षा नीति अवलम्बन गर्ने उल्लेख गर्नुभयो ।
नगर प्रमुख खरेलले देवदह आदर्श बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तह सम्मको अध्यापन शुरु गरी अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयसँंग सहकार्य गरी शिक्षाका नीति अवलम्बन गरिने बताउनुभयो ।
गरिब, दलित, महिला तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । देवदह नगरवासी जनतालाई स्वास्थ्य विमा कार्यक्रममा जोड्ने र देवदह क्षेत्रमा क्रियासिल रहेका सञ्चारकर्मीको निःशुल्क रुपमा स्वास्थ्य विमा गर्ने उल्लेख गरिएको छ ।
नगरसभाले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र नगर प्रमुख तथा उपप्रमुख सचिवालय व्यवस्थापन विधेयक २०८० समेत पारित गरेको छ । नगरसभाले करको दर हेरफेर गरेको छ ।
देवदह नगरपालिकाको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम
सम्मानित सभाका अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, उप(सचिवज्यू, नगरसभाका सदस्यज्यूहरु, देवदह नगरपालिकाका कर्मचारीज्यूहरु, सुरक्षाकर्मीज्यूहरु, पत्रकारज्यूहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरु ।
देवदह नगरपालिकाको आर्थिक बर्ष द्दण्डण्रण्डज्ञ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभाको बैठकमा प्रस्तुत गर्न पाँउदा मलाई अत्यन्तै खुशी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्वशासनको लागि नेपाली जनताले गर्दै आएका आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
ईतिहास, संस्कृति, सम्पदा, सभ्यता एवं बौद्धकालिन ईतिहास बोकेको यस सुन्दर नगरी देवदहलाई समृद्ध बनाउने मार्गचित्र सहितको यो नीति तथा कार्यक्रम यस सम्मानित सभामा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । प्रस्तुत आर्थिक वर्ष द्दण्डण्रण्डज्ञ को नीति तथा कार्यक्रम तयार गर्दा हामीले देहायका मार्गदर्शनहरुलाई अवलम्बन गरेका छौ ।
नेपालको संविधान,
संघीय चालु आवधिक योजना,
दिगो विकास लक्ष्यहरु,
स्थानीय सरकार संचालन ऐन द्दण्ठद्ध,
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन द्दण्ठद्ध,
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन द्दण्ठद्ध,
नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट,
नेपाल सरकारले अन्तराष्ट्रिय रुपमा जनाएका प्रतिवद्धताबाट सृजित दायित्व,
नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारबाट निर्मित आवधिक योजनाहरु,
नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले अवलम्बन गरेका सामाजिक तथा आर्थिक नीतिहरु,
मध्यकालिन खर्च संरचना,
देवदह नगरपालिकाले अवलम्बन गरेका नीतिहरु, भू( स्थानिक योजना ९नभयकउबतष्ब िदबकभम उबिल०, राजश्व सुधार कार्ययोजना लगायत संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन समेतलाई आधार मानी नगरबासीको माग, चाहाना र आवश्यकता लाई सम्बोधन गर्न उपलब्ध श्रोतसाधनलाई अधिकतम लगानी गर्ने प्रयत्न गरेका छौं ।
हामीले यो नीति तथा कार्यक्रम मार्फत विशेष गरी देहायका विषयहरुलाई प्राथमिकतामा राखि तयार गरेका छौ ।
शिक्षा र स्वास्थ्य क्षेत्रको संरचनागत सुधार गर्दै गुणस्तर प्रवर्द्वनलाई जोड दिने ।
कृषि उत्पादनमा जोड दिई उत्पादकत्व अभिबृद्धि मार्फत रोजगारीको सृजना गर्ने ।
महिला, बालवालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने ।
नगरको समावेशी एवं सन्तुलित विकास गर्दै न्युनतम पुर्वाधार विकासको लक्ष्य पुरा गर्ने ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधन र सिपको अधिकतम परिचालन मार्फत नगरबासीको आम्दानी बृद्धि गरी जीवनस्तर उकास्ने ।
विपद् व्यवस्थापन, दिगो विकास, वातावरणीय संरक्षण तथा संवर्द्धन गर्न सघाउ पुर्याउने ।
सहभागितामुलक विकासलाई प्रवर्द्वन गर्नका लागि नागरिकहरुको मौद्रिकर गैरमौद्रिक सहभागिता मार्फत नगरमा हुने विकासका क्रियाकलापहरुमा नगरवासीको अपनत्व वोध अभिवृद्धि गर्ने ।
नगरको समग्र विकास,योजना र रणनीति निर्माण गर्न देवदह नगर स्तरीय योजना आयोग निर्माण गरिने छ ।
सम्मानित सभाका सदस्यज्युहरु,
अब म देवदह नगरपालिकाको आर्थिक वर्ष २०८०र०८१ का लागि तय गरिएको नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्दछु ।
शिक्षा, युवा तथा खेलकुदतर्फ
शिक्षातर्फ
देवदह नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १(५ मा अध्यनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै प्रति व्याक्ति खाजा रू। २०र( बनाइनेछ ।
उत्कृष्ठ नतिजा प्राप्त गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई नतिजामा आधारित रही सम्मान गरिने छ।
सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीका लागि नगरपालिकाबाट दिदैँ आएको सुविधालाई निरन्तरता दिइने छ ।
नगरपालिकास्तरीय विविध प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरि विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटन गरिने छ ।
देवदहमा थप प्राबिधिक शिक्षालय स्थापनाको लागि पहल गरिने छ । ऋत्भ्ख्त् र अन्य तालिम प्रदायक संस्थासँगको सहकार्यमा क्भ्भ् अनुत्तिर्ण युवा लक्षित छोटो अवधिका सिपमूलक तालिमहरु प्रदान गरिने छ ।
सामुदायिक विद्यालयको कक्षा ६(१२ मा अध्ययनरत सम्पूर्ण छात्राहरुको लागि गुणस्तरीय स्यानिटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
आधारभूत र माध्यमिक तहमा हाल नगरपालिकाको अनुदानबाट राखिएका शिक्षकलाई निरन्तरता दिइनुका साथै यसरी अनुदानबाट तलब भत्ता पाउने शिक्षकहरुलाई नगर शिक्षक नामाकरण गरिनेछ।
औचित्य र आवश्यकताका आधारमा विद्यालय मर्ज अभियान र दरबन्दी मिलान अभियान लाई निरन्तर अगाडी बढाइनेछ ।
एकाघरका सदस्यहरु र संरक्षक समेत कोही नभएका अनाथ र अति विपन्न बालबालिकाको माध्यमिक शिक्षासम्मको सम्पूर्ण दायित्व नगरपालिकाले ग्रहण गर्ने नीति अवलम्बन गरिने छ ।
नगरस्तरीय आधारभूत तहको परीक्षालाई थप व्यवस्थित गर्नुका साथै कक्षा ५ को परीक्षाको प्रश्नपत्र समेत नगरबाटै उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन तथा सुपरिबेक्षणलाई नियमित र प्रभावकारी बनाइने छ ।
नगर शिक्षा समिति तथा शिक्षा शाखाबाट कक्षा अवलोकन, नमूना शिक्षण र पृष्ठपोषण कार्यक्रम संचालन गरिने छ ।
संघ प्रदेश र स्थानीय तहको समन्वय एंव सहकार्यमा विद्यालयको भैतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईने छ ।
विज्ञहरुको समूह बनाई शैक्षिक सुधारका प्रयासहरु गरिने छ ।
आधारभुत तहको शिक्षा पुर्ण रुपमा निशुल्क गर्न थप प्रयास गरिने छ ।
गुरुकुल शिक्षालाई प्रोत्साहन र व्यवस्थापन गरिने छ ।
उच्च शिक्षातर्फ
देवदह आदर्श बहुमुखी क्याम्पसलाई स्नातकोतर तह सम्मको अध्यापन शुरु गरी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक समन्वय र सहयोग गरिने छ ।
लुम्बिनी बौद्ध बिश्वबिद्यालयसँग शिक्षाका बिबिध आयामहरुमा सहकार्य र सहयोगको नीति अबलम्बन गरिने छ ।
गरिब, दलित, महिला तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको प्रदान गर्ने व्यवस्था लाई निरन्तरता दिईने छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालयमा स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गर्न चाहने देवदह नगरवासीहरुलाई विश्व विद्यालयको छात्रवृत्तिको कार्यक्रममा समावेश गर्न समन्वय तथा सहजिकरण गर्न पहल गरिनेछ ।
युवा तथा खेलकुदतर्फ
खेलकुद बिकास समिति गठन गरि खेल जगतमा छुटै पहिचान स्थापना गरिने छ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि विभिन्न सार्वजनिक स्थलहरुमा खुल्ला व्यायाम केन्द्र ९जिम हाउस० स्थापना गरिने छ ।
विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिने छ ।
सहिद दुर्गा(बसन्त कभर्डहल निर्माण कार्य सम्पन्न गरिनेछ ।
एक वडा एक खेल मैदानको व्यवस्थाका लागि आवश्यक पूर्वाधार तयार गरिने छ।
खेलहरुको संस्थागत विकासका लागि नगर खेलकुद प्रशिक्षकहरुको व्यवस्था गरिने छ ।
मेयरकप छात्र फुटबल प्रतियोगिता, उप मेयरकप छात्रा भलिबल प्रतियोगिता र वडा अध्यक्ष कप फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ।
संघ र प्रदेश सरकारसंगको सहकार्यमा शितलनगर क्रिकेट मैदान र सहिद नर बहादुर स्मृति खेलमैदानको स्तरोन्नति गरिने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गरिने छ ।
देउमन पुन स्मृति कभर्डहल निर्माण कार्य सम्पन्न गरिनेछ र उक्त कबर्डहल साथसाथै रहेको खेल मैदान व्यवस्थित गरिनेछ ।
लागु औषध दुर्व्यसनी बिरुद्ध समुदायसँग सहकार्य गरि चेतनामुलक कार्यक्रम संचालन गरिने छ । दुर्व्यसनमा परेका युवाहरुको पूनर्स्थापनाको लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गरिने छ ।
स्वास्थ्य तर्फ
देवदह नगरबासी सम्पूर्ण जनतालाई स्वास्थ विमा कार्यक्रममा समेट्ने गरि कार्यक्रम अगाडि बढाईने छ । महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी र ‘ख’ वर्गका अपाङ्गहरुका लागि निशुल्क स्वास्थ्य विमा लाई निरन्तरता दिईने छ । पत्रकार तथा अति विपन्न परिवार लाई निशुल्क स्वास्थ्य विमाको व्यावस्था मिलाईने छ ।
आधारभुत स्वास्थ्य चौकीर केन्द्र मार्फत देवदहबासी जनताको नियमित स्वास्थ्य परिक्षण गरिनेछ, सरकारद्धारा निशुल्क प्रदान गर्ने भनि तोकिएका औषधिहरुको सहज उपलव्धता गराईनेछ ।
देवदह ९ मा रहेको आरोग्य केन्द्रको क्षमता तथा सेवा विस्तार गरिने छ ।
सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरी अर्धवार्षिक रुपमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईने छ ।
सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
देवदह नगरवासीहरुका लागि निशुल्क रुपमा उपलब्ध गराइदै आएको १५ प्वाइन्ट ब्लडलाई रक्त संचार केन्द्रसँग समन्वय गरि निरन्तरता दिइने छ ।
योग तथा ध्यानमार्फत जनताको शारीरिक र मानसिक स्वास्थ्यका साथै आध्यात्मिकता, नैतिकता र सकारात्मक सोच विकासको लागि योग तथा ध्यान केन्द्रहरुको निर्माण गरिने छ ।
उमेर पुगेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानजनक विदाईको व्यावस्था मिलाईने छ।
पूर्ण संस्थागत प्रसुति गराई देवदह नगरपालिकालाई जिरो होम डेलिभरी नगर घोषणाका लागि आवस्यक व्यवस्था मिलाईनेछ ।
वडा नं। ६ को सरनटाँडी, केउली र देवदह ११ को भुतहवामा खोप केन्द्र संचालन गरिने छ ।
“स्वस्थ रहौं निरोगी बनौं” भन्ने नाराका साथ देवदह नगर क्षेत्र भित्र गुट्का तथा सुर्तीजन्य पदार्थको वेचविखन निषेध गरिने नीति अवलम्बन गरिने छ ।
देवदह नगर अस्पतालबाट नगरवासीहरुको लागि दन्त्य चिकित्सक लगायतका थप सेवा सुविधा उपलब्ध गराउन प्रयास गरिने छ ।
कृषि तथा पशुपालनतर्फ
कृषितर्फ
यस नगरपालिका अन्तर्गत वडा नं। २ मा अवस्थित पेटबनीयाँ सामुदायिक वनको क्षेत्रमा शित भण्डारको लागि डि।पि।आर। समेत भई सकेकोले जग्गा प्राप्तिको सहमतिको लागि वन तथा वातावरण मन्त्रालयमा पठाई संघ तथा प्रदेश सरकारको सहयोगमा सोको कार्यान्वयन प्रक्रिया अगाडी बढाइने छ ।
कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइने छ।
खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने नीति अवलम्बन गरिने छ ।
कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ बिजनमा आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
देवदह ७ स्थित कोसेली घर संचालनमा ल्याई स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गरिने छ।
कृषकलाई प्रोत्साहन गर्न विभिन्न जातका फलफूलका विरुवाहरु उपलब्ध गराईने छ ।
कृषि साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने छ । यस वर्ष संघ तथा प्रदेश सरकारको सहकार्यमा सहदवनिया बजारमा सेड निर्माण गरि व्यावस्थापन गरिने छ ।
व्यवसायिक कृषिसहकारी तथा सामुहिक खेति गर्ने किसानलाई प्रोत्साहित गरिने छ ।
आधुनिक तथा व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानहरुलाई प्लाष्टिक टनेल, थोपा सिचाँई, मल्चिङ्ग लगायतका प्रविधिहरुमा आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
कृषि मिटरको विद्युत महशुलमा पचास प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
सरनटाडिको सिमि प्रवर्दन तथा देवदह ११ को तरकारी खेती प्रर्वदन कार्यक्रम लागु गरिने छ ।
मकै, आलु, धान, गँहुको पकेट क्षेत्र निर्धारण गरि आर्थिक, प्राविधिक सेवा तथा मकै महोत्सवलाई निरन्तरता दिइने छ ।
युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न कृषि उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने छ ।
देवदहका विभिन्न खेतियोग्य स्थानहरुको माटो परिक्षण कार्यक्रम संचालन गरिने छ।
जग्गाको चक्लाबन्दी गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
देवदह ८ मा संचालित बहुतले वालि लाई प्राङ्गारिक मल निस्शुल्क प्रदान गरिने छ । साथै आवश्यक सहयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
उत्पादनमा आधारीत अनुदानका लागि कार्यविधि तयार गरिनेछ ।
“एक वडा एक नर्सरी” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
मौरी पालन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
पशुपालनतर्फ
गाई भैंसीमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम लाई निरन्तरता दिईनेछ ।
युवाहरुलाई पशुपालन पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने छ ।
व्यवसायिक रुपमा माछापालन, दुग्धजन्य उत्पादन र मासुजन्य उत्पादन लगाएतका व्यावसायहरुलाई प्रोत्साहन गर्ने नीति लिईनेछ ।
गाईभैंसीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे र बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको खोप अभियान कार्यक्रम संचालन गरिनेछ ।
आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण कार्यक्रम संचालन गरिनेछ ।
पशु स्वास्थ्य शिविर तथा उपचार सेवा कार्यक्रम संचालन गरिनेछ ।
व्यवसायिक कृषि तथा पशुपंक्षी फार्म नगर क्षेत्र भित्र दर्ता गर्न कानुनी व्यवस्था गरिनेछ ।
पशु विमा कार्यक्रम अन्तरगत किसानले विमा बापत बुझाउने रकमको ५० प्रतिशत रकम अनुदान स्वरुप प्रदान गरिने छ ।
छाडा चौपाया व्यवस्थापन गर्नको लागि कार्यविधि निर्माण गरिनेछ ।
भूमि व्यवस्थापन
आगामी दुई वर्ष भित्रमा राष्ट्रिय भुमि आयोगसँगको सहकार्यमा यस नगरपालिकाका भूमिहीन दलित, भूमिहीन,सुमुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गरिनेछ । साथै नापजाँच गर्न छुट बेनिस्सा जस्ता छुट भएका जग्गाधनीहरुलाई जग्गाधनी, छुट कित्ता गाउ व्लक र स्ववासी दर्ता पुर्जा उपलव्ध गराउने नीति लिईनेछ ।
देवदह नगरपालिका भित्र राष्ट्रिय आवास कम्पनीले नापजाँच र प्रमाणीकरण गरेका जग्गाहरुको जग्गाधनीहरुलाई जग्गाधनी पूर्जा वितरणको लागि राष्ट्रिय आवास कम्पनीसंग समन्वय र सहकार्य गरि दर्ता प्रमाणपूर्जा उपलब्ध गराइनेछ ।
राष्ट्रिय भुमि आयोग र राष्ट्रिय आवास कम्पनि मार्फत नापी भई अत्याधिक राजश्वका कारण लालपूर्जा वितरण नभएको जग्गाको राजश्व घटाउनका लागि आवस्यक पहल गरिने छ ।
जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न तथा जग्गा व्यवसायीले जग्गाको कारोवार गर्दा विद्युत, खानेपानी, ढल निकास तथा बाटोको प्रबन्ध गर्ने जस्ता विषयको लागि आवश्यक आधार र मापदण्ड एवं कानुन तयार गरिनेछ ।
नगर क्षेत्र भित्रका सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको लगत तयार गरी त्यस्ता जग्गाहरुको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक मापदण्ड तयार गरिने छ ।
भूमिको हदबन्दी समयसापेक्ष र वैज्ञानिक बनाई हदबन्दी भन्दा माथिको जमिन कानुन बमोजिम प्राप्त गरि उचित व्यवस्थापन गरिनेछ ।
भूमिहीन साथै पुनः स्थापित गर्नुपर्ने अन्य व्यक्ति वा परिवारलाई एकपटकको लागि उचित बसोवासको व्यवस्था मिलाउनका लागि भूमिहिन, दलित भूमिहिनलाई नगरपालिका भित्रको सम्बन्धित वडामा संघ तथा प्रदेश सरकारको समन्वयमा सार्वजनिक जग्गामा व्यवस्थित गर्ने र जग्गा नभएकाको लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारको समन्वयमा कार्य अगाडी बढाइनेछ।
भूमि प्रशासनको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि एवं प्रोत्साहन प्रवर्द्धन र सम्बन्धित निकायहरुको संस्थागत सुधार तथा विकास गरिनेछ ।
स्थानीय तहको प्रयोगको लागि आवश्यक रहेको जग्गा प्राप्तिका लागि आवश्यक मापदण्ड तयार गरिनेछ साथै नगरपालिकाभित्रका सबै सडक, नदी, कुलो एवं घोलाहरुको क्षेत्राधिकार तोकी व्यवस्थित सहर निर्माणको परिकल्पना गर्न योजना तयार गरिनेछ ।
भू(उपयोग नीति लागु गरि भूमिको वर्गीकरण गरिने छ ।
पूर्वाधारतर्फ
योजना छनौट प्रकृया मा द्ययततयm गउ बउउचयबअज को नीति अवलम्बन गरिने छ ।
छोटा सडकहरु तथा लिंक रोडहरुलाई इन्टरलक व्लक द्धारा सौन्दर्यकरण गर्ने नीति लिइने छ ।
उत्कृष्ट कार्य सम्पन्न गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी तथा वडालाई सम्मान गरिने छ।
पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अति विपन्न तथा घरबार विहिन नागरिकहरुलाई लक्षित गरि एकीकृत नमुना बस्ति विकास गरिने छ ।
स्थानीय उद्योगहरुको प्रवर्द्धन गर्ने तथा सौन्दर्यकरण लाई टेवा पुर्याउने उद्देश्यका साथ छोटा सडक तथा लिंक रोडहरुलाई इन्टरलकब्लक द्वारा निर्माण गरिने छ ।
ए।डि।बि। र अन्य दातृ निकायसँगको सहकार्यमा डिपिआर भैसकेका सडकहरु, करिडोर, नदि तटबन्ध, जल पर्यटन र मत्स्य पालन परियोजनाहरुलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याइने छ ।
देवदह मण्डपको क्रमिक रुपमा पूर्वाधार विकास गरिने छ ।
नगरभित्र निर्माण हुने सम्पूर्ण सडकहरुको गुणस्तर सुनिश्चित गर्न आवश्यक मापदण्डहरुको कडाईका साथ पालना गर्नेर गराईने छ ।
देवदहका दाह संस्कार स्थलहरुलाई व्यवस्थित बनाईनेछ ।
रोहिणी बाँधलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
देवदह भित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा सामुदायिक वन संगको साझेदारिमा पिकनिक स्पोर्ट्स तथा पार्क निर्माण गरिने छ ।
संघ र प्रदेशबाट संचालन गरिने योजनाहरुको अभिलेखीकरण गरिने छ । ती योजनाहरुमा देवदह नगरपालिकाले आवश्यकता अनुसार समन्वय, संरक्षण र सहकार्यको नीति अपनाइने छ।
टुक्रे योजनामा बजेट छुट्याउने परिपाटीलाई निरुत्साहित गरिने छ ।
उपभोक्ता समितिमार्फत संचालन हुने योजना सोही आर्थिक वर्षको पौष मसान्त सम्म पनि सम्झौता नगरेमा उक्त योजनाहरुलाई दोस्रो नगरसभाबाट संसोधन गरि संसोधित योजनाहरु चैत्र मसान्तसम्म मात्र सम्झौता गरिने नीति अवलम्बन गरिनेछ ।
उपभोक्ता समिती मार्फत सञ्चालन हुने आयोजनाहरुमा कम्तिमा १५ प्रतिशत लागत सहभागिता गर्नुपर्ने नीति लिइनेछ । नगरपालिका मातहतका सरकारी भवन निर्माण तथा मर्मत सम्भार गर्दा लागत सहभागिता अनिवार्य नहुने निति अवलम्वन गरिने छ ।
वडामा कम्तिमा १५ लाख वरावरको वडास्तरीय गौरवको योजना वनाउने नीति अपनाइने छ ।
नगरपालिकाबाट सञ्चालन गरिने सडक कालोपत्रे लगायत अन्य पूर्वाधार विकासको काममा गुणस्तरियता र दिगोपना कायम गरिने छ ।
देवदह चक्रपथ , नगरपालिका भित्रका पर्यटकिय स्थलहरु जोड्ने तथा प्रमुख बाटाहरु दातृ संस्थाहरुको सहकार्यमा अगाडि बढाईने छ ।
देवदह ४ भवानीपुर स्थित बुद्धमाया अन्तराष्ट्रिय शान्ति उद्यान तथा संग्रालय लगाएत न।पा।भित्रका अन्य पर्यटकिय स्थलहरुको दातृ संस्थाहरुको सहकार्यमा अगाडी बढाईनेछ ।
रोहीणी करीडोर निर्माण गर्ने कार्यको लागि संभाब्यता अध्ययन गरिनेछ ।
महत्वपुर्ण योजनाको पहिचान गरी प्रोजेक्ट बैंक तयार गरी डि।पि।आर। गर्ने नीति लिइनेछ ।
देवदह १० को मुढावास र देवदह ६ सरनटाँडी झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरि अन्य आवस्यक स्थानहरुमा झोलुङ्गे पुल निर्माण प्रकृया अगाडि बढाईने छ ।
सडक कालोपत्रे गर्दा अस्फाल्ट कंक्रिट ९ब्क्ज्एज्ब्ीत् ऋइल्ऋच्भ्त्भ्० प्रविधि मात्र प्रयोग गरिनेछ ।
विपद् ब्यबस्थापन
आगलागीजन्य बिपद् न्यूनीकरण गर्न छिमेकी पालिकाहरु ९ओमसतिया र रोहिणी गाउँपालिका०सँगको लागत साझेदारिमा बारुण यन्त्र सन्चालन तथा व्यवस्थापन कार्य अगाडि बढाईनेछ ।
महामारी, भूकम्प, बाढीपहिरो, आगजनी लगायतका प्राकृतिक प्रकोपको बेला रेडक्रस लगायत अन्य संघ संस्थाहरुसँग सहकार्य गरि उद्धार तथा राहत कार्यक्रमहरु संचालन गरिने छ ।
विपद् व्यवस्थापनका लागि चरणबद्ध योजना निर्माण गरि व्यवस्थापनको कार्यलाई अगाडी बढाइने नीति अवलम्बन गरिने छ ।
प्रत्येक वडामा खुल्ला क्षेत्र एवं आपतकालिन केन्द्र स्थापनाको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कार्यान्वयनमा जोड दिइने छ ।
विपद् पूर्व तयारी, खोज तथा उद्दार राहत सामाग्रीको भण्डारण, वितरण र समन्वयमा प्रभावकारी बनाइनेछ ।
प्रकृतिक प्रकोपका हिसावले जोखिम रहेका स्थानहरू तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरी वातावरण सन्तुलन कायम राख्दै हरियाली प्रवद्धन गरिने छ ।
विपद् व्यवस्थापन कोषमा रकम विनियोजन गरि उक्त कोषलाई प्रभावकारी ढंगले अगाडी बढाइने छ।
बाढी तथा पहिरोको जोखिम रहेका स्थान तथा बस्तिहरुको सुरक्षाका लागि संवेदनशिल स्थानहरू, नदि किनारामा तटबन्धन तथा तार जालिको व्यवस्थापन गर्ने कार्यक्रम संचालन गरिने छ ।
सबै वडा, विद्यालय, टोल विकास संस्था र नगरस्तरमा विपद् प्रतिकार्य योजना तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
फोहोरमैला व्यवस्थापन
नगरपालिकालाई पुर्ण सरसफाई युक्त बनाउनका लागि सार्वजनिक स्थानमा धुम्ती शौचालयलाई संचालनमा ल्याइनेछ।
घरपालुवा पशुहरुलाई जथाभावी छोड्ने प्रवृतिलाई निरुत्साहित गरिने छ ।
नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल्ड साइटको व्यवस्था मिलाउन सम्भाव्यता अध्ययन गरिनेछ । फोहोरलाई सेग्रिगेशन गरि दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड र कार्यविधि तयार गरि निजि, सहकारी वा समुदायको सहकार्यमा कार्य गरिनेछ। ढल निकासका लागि संघ तथा प्रदेश सरकारसंग सहकार्य गरिने छ।
निषेधित क्षेत्र भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्नुका साथै आटेर गर्नेलाई कारवाहीको दायरामा ल्याइने छ ।
देवदह र आसपासका उद्योग( कलकारखानाबाट निस्कने प्रदुषण नियन्त्रणको लागि सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरिने छ ।
नगरपालिका क्षेत्रमा सरसफाईलाई अभियानको रुपमा नै संचालन गर्न आफ्नो घर, टोललाई सफा राख्न अभिप्रेरित गर्न र प्रतिस्पर्धात्मक चेतनामूलक कार्यक्रम संचालन गर्न टोल विकास संस्था मार्फत सम्पुर्ण टोलबासीहरु तथा स्थानीय संघ संस्थालाई परिचालन गरि नियमित रुपमा सरसफाई अभियान संचालन गरिने छ । साथै उत्कृष्ट सरसफाई कार्य गर्ने टोल विकास संस्था लाई सम्मान तथा पुरस्कृत गरिने छ । सरसफाई कार्यका लागि टोल विकास लाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराइने छ ।
जसले फोहोर गर्छ, उसैले सफा गर्नु पर्छ भन्ने नीति अवलम्वन गरिने छ ।
घर घर बाट निस्कने फोहोर लाई कुहिने र नकुहिने फोहोर मा विभाजन गरी कुहिने फोहोर लाई प्राङ्गारिक मलको रुपमा उपयोग गराउन अभिप्रेरित गरिने छ ।
बन तथा भू(संरक्षण
समृद्धिका लागि वन कार्यक्रम सन्चालन गर्दै देवदह क्षेत्रका नागरिकहरुलाइ वन र बिकासमा आवद्ध गरिने छ ।
जनताको वन जनताकै धन” भन्ने नारालाई मध्यनजर गर्दै कृषि वन प्रणाली मार्फत सामुदायिक वनलाई दिगो व्यवस्थापन गरेर जीविकोपार्जनका साथै हरित रोजगारीको सृजना गर्ने खालका कार्यक्रमहरु संचालनमा ल्याईने छ ।
सामुदायिक तथा साझेदारी वन उपभोक्ता समुह र पारिवारिक निजि वन मार्फत हरित उदयम् स्थापना गरी स्थानीय जनता र युवाहरुलाई उत्पादनसंग जोडेर रोजगारी सृजना गरिने छ । यसका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र पारिवारिक निजि वन संग संस्थागत सहकार्य गरिने छ ।
नगरपालिका क्षेत्रका सार्वजनिक तथा सामुदायिक वनमा रहेका वनजन्य स्रोत तथा वन्यजन्तुहरु एवं जैविक विविधताको संरक्षण गरिने छ । साथै जलवायु परिवर्तनका कारण मुल सुक्ने, जल सतह घट्दै गएको अवस्था बाट सृजित समस्या समाधानका लागि पानी पुर्नभरण पोखरी स्थापना सार्वजनिक पोखरी ताल कुवा र पानीको मुलको संरक्षण र सम्वर्द्धन गर्ने नितिलाई निरन्तरता दिइनेछ ।
नगर क्षेत्र भित्रका मुख्य तथा भित्रि सडकहरुको दाया बाया हरियाली एवं सौन्दर्य बढाउन वृक्षारोपण एवं संरक्षण गर्दै लगिने छ । नगरपालिका तथा वडा कार्यलयहरुमा सौन्दर्यकरण गर्न विभिन्न बोट तथा फुलहरू रोप्ने कार्य अगाडी बढाइ वातावरण दिवस मनाईनेछ ।
सामुदायिक वनहरूले गर्ने आय आर्जनलाई नगरपालिका विकास निमार्णको मुल प्रवाहिकरणमा सहयोग पुग्ने गरि नीति अवलम्बन गरिनेछ ।
नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरुले बनाएको कार्ययोजना नगरपालिका बाट स्विकृत गराई, कार्यान्वयन गर्नु पर्ने र संघ तथा प्रदेश सरकारको प्रचलित कानुनले तोकेको शुल्क अनिवार्य रुपमा सामुदायिक वनहरूले नगरपालिकामा जम्मा गर्नु पर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
वातावरण प्रदुषण नियन्त्रणको लागि प्रदेश सरकारको सहकार्यमा प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला बनाई प्रयोग गर्ने कार्यलाई प्रर्वद्धन गरिने छ ।
प्रारम्भिक वातावरणीय मूल्यांकन ९क्ष्भ्भ्० समयमै सम्पन्न गरी नदीजन्य पदार्थ उत्खनन् गर्ने व्यवस्था गरिने छ । साथै नदीजन्य प्रदार्थ चोरी निकासी गर्ने कार्यलाई नियन्त्रण र नियमन कार्य लाई प्रभावकारी बनाइने छ । नदीजन्य पदार्थ उत्खनन् कार्य लाई व्यवस्थापन गरी राजस्व संकलन गर्न र रोजगारी सृजना गर्न नगरपालिका कै आफ्नै क्रसर उद्योग सञ्चालनका लागि गृहकार्य गरिने छ ।
सामुदायिक र सरकारी वन भित्र कृषि वन तथा कबुलियत वनको अवधारण लागु गरिनेछ ।
बालमैत्री स्थानीय शासनतर्फः(
देवदह नगरपालिकाभित्र बन्ने सम्पूर्ण पूर्वाधारहरुलाई बालमैत्री बनाउने नीति अवलम्बन गरिने छ।
बालबालिकालाई पहुँच, अपनत्व, बाल विकास, बाल सहभागिता, बालसम्मान तथा संघीयताको अभ्यास र अनुभवको लागि प्रत्येक वर्षको एक दिन बालबालिका नै नगरपालिकाको प्रमुख तथा उपप्रमुख बन्ने कार्यक्रम संचालन गरिने छ ।
नगरकार्यपालिका बैठक तथा नगर सभाहरुमा अवस्था र आवश्यकता हेरी बालबालिकाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने छ ।
बालबिवाह, बालहिंसा तथा बालश्रम शोषणको अन्त्य गर्न विविध अभियान तथा कार्यक्रमहरु संचालन गरिने छ ।
बाल दिवस लगायत अन्य सान्दर्भिक अवसरहरुमा चेतनामुलक र प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
बालमैत्री आचारसंहिता लाइ कडाइका साथ लागु गरिने छ ।
बालमैत्री सम्बद्ध विषयमा अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गरिने छ ।
बाल क्लव तथा बाल सञ्जालको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
नगरपालिकाक्षेत्रका संघ संस्थाहरुमा बाल प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइनेछ ।
विभिन्न प्रकारका चेतनामूलक प्रचारसामग्रीहरु निर्माण र वितरण गरिने छ ।
देवदह नगरपालिकाकालाई बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पूर्वसर्तहरुको पालना र पूर्णातर्फ तिब्रता दिईने छ ।
बालमैत्री घोषणका लागि सम्भावित अध्ययन भएका वडा नं। ५ र वडा नं। १० लाई बालमैत्री वडा घोषणा गर्ने गरी कार्य अगाडी बढाइनेछ । साथै अन्य वडाहरुलाई समेत बालमैत्री घोषणाको लागि निरन्तरता दिन कार्यान्वयन प्रक्रिया अगाडी बढाइनेछ ।
सुशासन तथा सेवा प्रवाह
जनताको सेवा प्रवाहमा सहजताको लागि नगर कार्यपालिकाको कार्यालयमा ज्भउि म्भकप थप प्रभावकारी बनाइने छ ।
सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाईजस्ता क्रियाकलापका माध्यमबाट पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति कायम गरिनेछ ।
नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी तथा चुस्त बनाउन विशेष पहल गरिने छ ।
जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास कार्यक्रम संचालन गरिने छ ।
देवदह नगरपालिकाभित्र कार्यरत र भविष्यमा काम गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले अनिवार्य पूर्व अनुमति लिनुपर्ने नीति अबलम्बन गरिने छ । त्यस्ता संघ संस्थाहरुको क्रियाकलापहरुको अनुगमन गरिने छ ।
भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाईने छ ।
रिक्त नगर प्रहरीको दरबन्दीमा पदपूर्ति गरि आवश्यक तालिममा सहभागि गराइने छ ।
सेवाग्राहीहरुको आवश्यकतालाई मध्येनजर गरि सबै वडा कार्यालयमा स्वच्छ तातो चिसो पिउने पानीको व्यवस्था गरिने छ ।
नगरपालिका क्षेत्रभित्र सुरक्षाका हिसाबले अति संबेदनशिल स्थानहरु पहिचान गरि ऋऋत्ख् क्यामेरामार्फत निगरानी गरिने छ ।
देवदहका ईलाका प्रहरी कार्यालय स्थापनाको लागि आवश्यक समन्वय गरिने छ ।
नगरबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रविधियुक्त र सेवाग्राही मैत्री बनाउने नीति लीइने छ । ँष्भि त्चबअपष्लन क्थकतझरत्यपभल क्थकतझ लागु गरिने छ ।
स्थानीय संचारमाध्यमबाट हप्ताको १ दिन नगरपालिकाको गतिविधि झल्किने कार्यक्रमहरु संचालन गरिने छ ।
देवदह नगरकार्यपालिकाको कार्यालय परिसरको अगाडीको खाली भागमा बगैचा निर्माण गरि शौन्दयीकरण गरिने छ ।
देवदहमा एकीकृत सीपमूलक तालिम केन्द्रको स्थापनाको काम अगाडी बढाईने छ ।
छाडा चौंपायाहरुको व्यवस्थापनका कार्यहरु गरिने छ ।
देवदह नगरपालिकाको गतिबिधि समेटि चौमासिक रुपमा म्यागजिन प्रकाशन गरि नगरबासिलाई नगरको गतिबिधिहरुको जानकारी गराइने छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
महिलाहरुको आर्थिक सबलीकरणका लागि उद्यमशिलाताको विकास गर्न आवश्यक सिपमूलक तथा आयमूलक विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
लैंगिक हिंसा अन्त्यको लागि अभियान संचालन गरिने छ ।
आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका विपन्न वर्गका दलित, आदिवासी जनजाति, मुस्लिम तथा मधेसी महिलाहरुको सशक्तिकरणका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
लैङ्गिक हिंसा न्यूनिकरण लागि अभियान संचालन गरिनेछ । विभिन्न संचार माध्यमको सहकार्यमा लैङ्गिक क्षमता सम्बन्धी जनचेतना अभिबृद्धि गरिनेछ ।
अति विपन्न तथा एकल महिलाहरुका लागि आयआर्जन सम्बन्धी सिपमूलक तालिम संचालन गरिनेछ।
किशोर किशोरीहरुका लागि लागु औषध दुर्व्यसनी न्यूनिकरण तथा प्रजनन स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
समाजमा अग्रज सम्मानित ज्येष्ठ नागरिकहरुको भूमिका र योगदानलाई उच्च महत्त्व दिइनेछ। ज्येष्ठ नागरिकहरुको संरक्षण साथै सम्मानका कार्यक्रम संचालन गरिनेछ।
समाजमा विगतमा आर्थिक सामाजिक शैक्षिक तथा राजनैतिक रुपमा पछाडि परेका वा पारिएका महिला, दलित, अपाङ्ग, आदिवासी, जनजाती, मधेसी तथा मुस्लिम बर्गहरुलाई मूलप्रवाहमा ल्याउन विभिन्न कार्यक्रम संचालन गरिनेछ।
उपप्रमुखसंग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ।
अपाङ्गता भएका व्यक्तिहरुलाई क्mबचत ऋबचम वितरणको व्यस्थालाई निरन्तरता दिइनेछ ।
मध्यम अपाङ्गता ९वर्ग गर पहेलो परिचयपत्र० प्राप्त भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर एंव संक्षम बनाउनको लागि उनीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु संचालन गरिनेछ।
आमासमूह तथा महिला समूहहरुको क्षमता अभिबृद्धिको लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ।
महिला सशक्तिकरण जनचेतनाको क्षेत्रमा काम गर्ने महिला अभियान्ताहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक बर्ष उत्कृष्ट महिला समाजसेवी घोषणा र सम्मान गरिनेछ।
बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ।
राजश्व परिचालन
प्रगतिशील कर प्रणालीको सिद्धान्तमा रहि राजस्वका नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ । साथै राजश्वको दायराको विस्तार गर्ने नीतिलाई प्राथमिकता दिइने छ ।
राजश्व प्रशासनलाई चुस्त बनाउदै विद्युतीय माध्यमवाट कर तिर्ने प्रणालीको बिकास गरि विद्युतीय भुक्तानी भ्(उबथmभलत प्रणालीलाई प्रभावकारी तवरले सबैमाझ पुर्याईनेछ ।
राजश्वको सम्भाव्यता अध्ययन गरि समग्र कर प्रणालीलाई व्यवस्थित , प्रगतिशिल र प्रभावकारी बनाउनको लागि एक विज्ञ समूहको कार्यदल गठन गरिनेछ ।
राजस्व परामर्श समितिद्वारा प्राप्त सुझाबलाई आधार बनाएर कर, दस्तुर, सेवा शुल्क आदि निर्धारण गरिने छ ।
नियमित र समयमै कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम लागु गरिने छ ।
वडा कार्यालयहरुबाटै कर, शुल्क दस्तुर असुल भई रहेकोमा सो कार्यलाई तथ्याकंमा आधारित गराई थप व्यवस्थित गरिने छ ।
व्यवसाय तथा उद्योग दर्ता र नवीकरण लाई सहज र सरल बनाउन सम्बन्धित शाखालाई सो सम्बन्धि कार्यविधी वनाई लागु गर्न समन्वय गरिनेछ ।
अटो रिक्सा र विद्युतीय रिक्सा नवीकरण र सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार ऐन तथा कार्यविधिहरु बनाईनेछ ।
घर बहाल कर, व्यवसाय दर्ता, नवीकरण र उद्योगको दर्ता र नवीकरण लगाएतका विषयमा जागरण ल्याई नागरिकलाई कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने भावनाको विकास गर्ने गरि राजस्व क्याम्पीङ कार्यक्रम सञ्चालन गरिनेछ ।
भाषा, साहित्य, कला र संस्कृति
भाषा, कला, साहित्य र संस्कृतिको संस्थागत बिकास गर्न देवदह प्रज्ञा प्रतिस्ठान गठन गरिने छ।
देवदहको भाषिक स्थितिको तथ्यांकीय अध्ययन गरिने छ ।
देवदह प्रज्ञा प्रतिस्थान मार्फत साहित्यिक पर्यटन बिकासको बृहत्तर योजना निर्माण गरिने छ ।
देवदहको इतिहास र सांस्कृतिक पहिचान संग जोडिएका जात्रा तथा मेला महोत्सवलाई व्यबस्थित गरिने छ ।
सबै जात जाति, धर्म, परम्परा,मौलिक संस्कृतिको संरक्षण गर्ने नीति अबलम्बन गरिने छ ।
उर्जा
विद्युत भोल्टेज, पोल, तार एबम विद्युतीकरणको समस्या भएका क्षेत्रको पहिचान गरि देवदहलाई पूर्ण विद्युतीकरण कार्यलाइ निरन्तरता दिइने छ ।
संघीय तथा प्रदेश सरकारको सहकार्यमा बायो ग्यास जडानमा पचास प्रतिशत अनुदान दिइने छ।
कानुन तथा न्याय
न्यायिक समिति र मेलमिलापकर्ताहरुको क्षमता विकासका कार्यक्रम गरिने छ ।
नगरपालिका भित्रका सबै वडामा रहेका मेलमिलाप केन्द्रलाई प्रभाबकारी रुपमा संचालन गरिने छ।
सम्पूर्ण नगरबासीलाई सरल रुपमा न्यायको पहुँच विस्तार गरिने छ ।
न्यायिक समितिमा परेका उजुरीहरुको शिघ्र सुनुवाई गरिने छ ।
नगरस्तरीय मेलमिलाप केन्द्र मार्फत न्यायलाई थप प्रभावकारी बनाईने छ ।
राष्ट्रिय, अन्तराष्ट्रिय सहकार्य र सम्बन्ध
नगरपालिकाको पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको विकास गर्न तथा राष्ट्रियर अन्तराष्ट्रिय सहयोग र अनुभव आदान प्रदान गर्न विभिन्न नगरहरुवीच भगिनी सम्बन्ध स्थापन गर्ने नीति लिईने छ ।
महामानव गौतम बुद्धसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सँस्था र स्थानीय तहहरुसँग सँस्कृति र पर्यटन विकासको सन्दर्भमा सहयोग र सहकार्यको नीति अवलम्बन गरिने छ ।
देवदह क्षेत्रको महिमालाई राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नको निम्ति विभिन्न माध्यमबाट प्रचार प्रसार गरिने छ ।
यस अघि कायम भईसकेका भगिनी सम्बन्धहरु थप प्रगाढ बनाउने नीति लिईने छ ।
उपभोक्ता हित संरक्षण
खाद्य गुणस्तर कायम राख्नको लागि विज्ञ सहितको समिति मार्फत बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाईने छ ।
उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रमहरु संचालन गरिने छ ।
उपभोक्ताको स्वास्थ्य संवेदनशिलतामा गैरजिम्मेवार वा लापरबाही गर्ने वस्तु तथा सेवा प्रदायकलाई कानुनी कारवाहीको प्रकृया अगाडी बढाईने छ ।
पर्यटन
उजेरी सामुदायिक होम स्टे संचालनका लागि आवस्यक व्यावस्था मिलाइने छ ।
घरवास ९ज्यmभ क्तबथ० संचालनको सम्भाव्यता भएका पर्यटकीय क्षेत्रहरुमा बन्ने प्रत्येक नयाँ घरका कम्तिमा दुईवटा कोठा पर्यटक लक्षित गरि बनाउन प्रोत्साहन गरिने छ ।
पर्यापर्यटनका सम्भाव्य ठाउँहरुको पहिचान, संरक्षण र प्रचार गरिने छ ।
पर्यटनलाई आर्थिक उपार्जनसँग जोडिने छ ।
लुम्बिनी क्षेत्र विकास कोषसँगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा १ दिनको देवदह बसाई हुने वातावरण तय गर्न आवश्यक पूर्वाधार विकास र पर्यटक सवारीको व्यवस्थापनमा गृहकार्य गरिने छ ।
लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्वीक क्षेत्रको उत्खननलाई निरन्तरता दिइने छ ।
उत्खननबाट प्राप्त भएका पूरातात्वीक बस्तुहरु लाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने छ।
ऐतिहसिक पुस्करिणी दहको संरक्षण र संबर्द्धन गरिने छ ।
बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने छ ।
पाकडी बृक्षको संरक्षण गरि यसको महिमाको प्रचार प्रसार गरिने छ ।
भवानीपुरमा संचालित सूचना केन्द्रलाई पर्यटन सूचना केन्द्रको रुपमा संचालन गरिने छ ।
स्थानीय कला, संस्कृति र परम्पराको पहिचान, प्रसार र संरक्षण गर्ने नीति अंगीकार गरिने छ।
देवदहको एक मात्र ऐतिहासिक चैते दशै रामनवमी मेला, देवदह(४, भवानीपुरलाई संरक्षण गरिनेछ।
खानेपानी र सरसफाई
देवदह नगरपालिकाभित्र रहेका खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरुलाई एकिकृत रुपमा संचालन गरिने नीति अबलम्बन गरिने छ ।
खानेपानीको मुहान र सम्बन्धित योजनाहरुको व्यवस्थापनमा नगरपालिकाबाट आवश्यक समन्वय, सहजीकरण गरि अनुगमन समेत गरिने छ ।
ूएक घर एक धाराू अभियानलाई प्रभावकारी बनाईने छ ।
उद्योग तथा वाणिज्य
लगानीमैत्री वातावरण तयार गर्न उद्योगका लागि जग्गा रजिष्ट्रेशन करमा विशेष सहुलियत दिने नीति बनाईने छ ।
निर्माण उद्योग संचालनमा आर्थिक र प्राविधिक सहयोगको कार्यक्रम ल्याईने छ ।
रोजगारी सिर्जनामा योगदान दिने साना उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिने छ।
मेयरसंग युवा उद्यम कार्यक्रमलाई निरन्तरता दिईने छ ।
युवा उद्यमसिलता प्रवर्द्धनमार्फत युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमहरु संचालन गरिने छ।
नदीजन्य पदार्थको प्रभावकारी व्यवस्थापन गरि आम नगरवासीलाई सहुलियत दरमा ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध गराई राजश्व समेत अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रसर उद्योग स्थापना गरि संचालनमा ल्याइनेछ ।
महिला उद्यमीहरुद्वारा उत्पादित सामाग्रीहरुको बजारीकरणमा प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याईने छ।
सहकारीर बैङ्किङ तथा गरिवी निवारण
देवदहका वित्तीय संस्थाहरुसँग पारस्परिक सहयोग र समान दृष्टिकोणको नीति अबलम्बन गरिने छ।
वित्तीय संस्थाहरुसँगको साझेदारीमा उद्यममा आधारित क्षेत्रमा लगानी प्रबर्द्धन गर्ने नीति अबलम्बन गरिने छ ।
गरिवीको रेखामुनि रहेका नागरिकको तथ्याङक संकलन गरिने छ ।
विपन्न नागरिकलाई आवास कार्यक्रम सञ्चालन गरिने छ ।
भवन तथा सहरी विकास
देवदह नगरपालिकाभित्र निर्माण हुने भवनहरु मापदण्डको आधारमा अनिवार्य नक्सापास गरि भवन निर्माण गर्नु पर्ने नीति कार्यान्वयन गरिने छ ।
अव्यवस्थीत तथा एलानी जग्गामा निर्माण गरिने भवन तथा संरचना समेत नक्सा तयार पारी स्वीकृती लिएर मात्र निर्माण गर्नु पर्ने छ अन्यथा नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा बाट बन्चित गरिने छ ।
खरको छानामुक्त देवदह बनाईने छ ।
भवन मापदण्ड तर्जुमा गरि लागु गरिने छ ।
पुर्जा, नक्सा र भोगचलन फरक पर्न गई भवन नक्सा पास गर्ने प्रक्रियामा भएको कठिनाइलाई दृष्टिगत गरी हाल साविक वा पुनस् नापी गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
नगरपालिका क्षेत्रभित्र बन्ने घरहरुको नक्सा बनाउने परामर्शदाता अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा सुचिकृत हुनुपर्ने र सूचिकृत नभएको परामर्शदातावाट पेश गरेको घर नक्सा स्विकृत नगर्ने नीति अवलम्बन गरिने छ ।
भवन नक्सा सम्बन्धि नगरपालिकाले अवलम्वन गरेको नीति र परामर्शदाताले गरेको कार्य बाझिन गई सेवाग्राहीले व्यहोर्न परेको असुबिधा अन्त्यका लागि सुचिकृत परामर्शदाताहरुलाई अभिमुखिकरण गरिने छ ।
नेपाल सरकारवाट जारी भएको राष्ट्रिय भवन संहितालाई कार्यन्वयन गर्दै जाने नीति लिइने छ ।
व्यवस्थित शहरीकरणका लागि भूउपयोग नक्सामा तोकिएको क्षेत्रमा मात्र भवन नक्सा पास गर्ने कार्यलाई कार्यन्वयनमा ल्याइनेछ ।
महेन्द्र राजमार्ग र शितलनगर देखि मणिग्राम ९बुद्ध सर्किट० सडकमा पर्ने भवनहरुमा बुद्धसँग सम्बन्धित रङ्ग लगाउन प्रेरित गरिने छ ।
नगरबासिहरुलाई घर नक्सा पासको फाईदा , महत्व र आवश्यकता सम्बन्धि जानकारी गराइ नक्सा पास गरेर मात्र नक्सा अनुसार घर बनाउन तालिम तथा प्रेरित गरिने छ ।
पञ्जीकरण तथा सामाजिक सुरक्षा
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य सबै नगरवासीहरुलाई सफ्टवेयर प्रणाली तथा बैकिङ्ग प्रणाली मार्फत समयमै सरल सहज तरिकाबाट वितरण गरीने व्यवस्था मिलाइनेछ ।
शत प्रतिशत घटना दर्ता गराउनका लागि स्वास्थ्य संस्थामा खोप लगाउदा तथा विद्यालय भर्ना गर्दा अनिवार्य जन्मदर्ता माग गर्ने व्यवस्था मिलाइनुका साथै स्थानिय संचार माध्यमहरुबाट घट्ना दर्ता सम्बन्धि सचेतनामुलक सामाग्रि प्रचार प्रसार गरिनेछ ।
रोजगार सम्बन्धीस्(
गरिवि न्यूनिकरण तथा रोजगारीका अवसरहरु सृजना गर्न पहलकदमी चालिनेछ ।
स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गराईने छ ।
आन्तरीक रोजगारी सृजना गर्न सरोकारवाला निकाय र निजी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिईने छ ।
संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्रहरु पहिचान गरि अवसरहरु बिस्तार गरिनेछ ।
रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाईनेछ ।
अन्त्यमा नीति तथा कार्यक्रम निर्माणका क्रममा योगदान पुर्याउनुहुने यस क्षेत्रका प्रतिनिधि सभा एवं प्रदेश सभाका माननीयज्यूहरु, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, उपसचिवज्यू, सम्पूर्ण जनप्रतिनिधीज्यूहरु, नीति तथा कार्यक्रम निर्माणमा संलग्न कर्मचारीज्यूहरु, लगायत सम्पूर्ण राजनीतिक दल, सञ्चारकर्मी, एवं पत्रकारहरु, संघसंस्थाहरु, सरोकारवालाहरु तथा नगरवासीहरुलाई हार्दिक आभार व्यक्त गर्दछु साथै समृद्ध नगर सुखी नगरवासी को हाम्रो साझा सपनालाई साकार पार्नको लागि नगरपालिकाले अघि सारेको प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, नगरका कर्मचारी, मतदाता र सम्पूर्ण वुद्धिजीवी एवम् प्रवुद्ध वर्गमा हार्दिक अपिल गर्दछु ।