भैरहवा । रुपन्देहीको ओम सतिया गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट आज एकसाथ सार्वजनिक गरेको छ ।
‘ओमसतियाको शानः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान’–भन्ने नारासहित आउँदो आर्थिक वर्षमा पालिकाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प सहित नीति तथा कार्यक्रम बनाइएको हो ।
यही नीति कार्यक्रमलाई समेटेर पालिकाले १३ औं गाउँसभामा रु ४७ करोड ६६ लाख ९६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक वर्ष २०८०÷०८१ मा सो बराबरको अनुमानित आय ब्यय पेश गर्नुभएको हो ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा दिइएको बताउनुभयो ।