भैरहवा–भैरहवाको मुख्य बजार बैकरोड स्थित एसबीआई बैक शाखाको सेवा बन्द गरिएको छ। बैकमा कार्यरत कर्मचारीमा कोरोना भाईरसको सक्रमण देखिएपछि शुक्रबारबाट बैकको सबै सेवा बन्द गरिएको हो।
बैकमा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भए पछि हामी आफैले शुक्रबार दिउसोदेखि बैकको सबै सेवा बन्द गरेको बैंकका भैरहवा शाखा प्रमुख राकेश महर्जनले जानकारी दिए।
सोमबार बैकर्स एशोसियनशनबाट फ्रन्टलाइनमा रहेका ४ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षण गराउँदा आज एक कर्मचारीमा पोजिटिभ देखिएको थियो।
‘बिहान ७ बजे रिर्पोट आएपछि हामी सेवा बन्द गरी सबै कर्मचारीको पिसीआर परिक्षण गर्ने प्रक्रियामा लागेका छौ, पिसीआर परिक्षणको नतिजा नआउदासम्म आइसोलेसनमा रही बैकको सेवा बन्द रहने छ–शाखा प्रमुख महर्जनले लुम्बिनी टाइम्ससँग भने–बैंकलाई ‘डिसइन्फेक्टेड’ गरि फेरी सेवा सुचारु हुन्छ ।’