बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को लागि कुल रु ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार बजेट विनियोजन गरेको छ ।
शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटमध्ये रु १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।