काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो ।
गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।
गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो । सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।