काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु ३ घटाएको हो । अब पेट्रोल लिटरको रु १७५ तथा डिजेल र मट्टितेल लिटरको रु १७२ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर रु २० र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर रु ३० ) घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।