बुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ आज समापन भएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लिला गिरीले रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटो कोर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दा अब सबैको सरोकारको विषय बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालाई कसैले विर्सन नसक्ने बताउँदै नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिनुभयो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नीजि क्षेत्रको सहयोग लिएर प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासक र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गर्नुभयो ।
सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै औद्योगिक प्रदर्शनी सफल बनाउन तयारी देखि नै प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
अध्यक्ष पौडेलले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा प्रदर्शनी सम्पन्न गरेको बताउनु भयो ।
उहाँले शसस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक थुपै्र असहजता र समस्यासँग लड्दै अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नु भएको थियो ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरि बहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि भएको बताउनु भयो ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार बिभाजन गरिएको थियो । जस अन्तरगत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी÷अचार÷आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी÷सौन्र्दयमा ३६ प्रतिष्ठान, जुत्ता÷चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग÷प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्र गत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।
जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौ, ललितपुर, बाके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङ लगायत रहेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक डिपुटी गभर्नर बमबहादुर मिश्र, प्रदेश स्तरीय संघसंस्थाको तर्पmबाट नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, जल्ला÷नगर संघसंस्थाको तर्पmबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, उद्योग संघका उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवकान्त काफ्ले, सचिव वसन्त ढकाल लगायतले महोत्सवका कारण आर्थिक चलायमान भएको बताउनुभयो ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरी र प्रदर्शनी मुल समितिका संयोजक माधव प्रसाद पौडेलले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङकन समितिका संयोजक बाबुराम बोहोराले पुरस्कृतहरुको नामावली सार्वजनिक गर्नु भएको थियो ।
जस अनुसार स्टल मूल्यांकनतर्पm होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट श्री गुड् डु द भेगन किचन, गार्मेण्ट्स पेभिलियनतर्फ उत्कृष्ट श्री भिना गार्मेन्ट प्रा.लि. काठमाडौं, बेकरी, आईसक्रिम तथा अचार पेभिलियनतर्फ उत्कृष्ट श्री लकासी अचार उद्योग र श्री भिटामिन फुड्स एण्ड क्याफे, बुटवल, हाउस होल्ड एण्ड ब्युटी पेभिलियनतर्फ उत्कृष्ट श्री तिनाउ टप किचन इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा. र श्री एन्जल टच हाइजिड्ड म्यानुप्mयाक्चरिड्ड प्रा.लि., भैरहवा, जुत्ता चप्पल पेभिलियनतर्फ उत्कृष्ट श्री ब्ल्याक हर्स, खाद्यान्न पेभिलियनतर्फ उत्कृष्ट श्री राइजिङ्ग सन एग्रो इण्डष्ट्रिज, सियारी गा.पा., औद्योगिक प्रविधि पेभिलियनतर्फ उत्कृष्ट श्री नेपोभिट टायल बारा, जितपुर, हस्तकला पेभिलियनतर्फ उत्कृष्ट श्री एम.बी.काष्ठ तथा हस्तकला उद्योग, बुटवल, कृषि पेभिलियनतर्फ उत्कृष्ट पैंचो पसल प्रा.लि., बुटवल भएका छन् ।
यसैगरी जिल्ला वाहिरका महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी पाल्पाली मदनपोखरा ढाका उद्योगकी शितम भण्डारी र प्रेम नि.श.अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग, दाड्डकी प्रेम कुमारी पुन, संस्थागत स्टलतर्पm ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही, उदयमान युवा उद्यमीमा पुरुष तर्पmबाट कबिराज अधिकारी श्री रामापुर मौरी श्रोत केन्द्र, महिलातर्पmबाट श्रृष्टी गुरुङ्ग आइटी स्टिल स्ट्रक्चर सोलुसन प्रा.लि. पुरस्कृत भएका छन् ।
स्टलहरुमध्येबाट बुद्ध सिमेन्ट ब्लक उद्योग, तिलोत्तमा न.पा. रुपन्देही र ग्लोबल इ्रन्टेरियर तथा काष्ठ उद्योग, तिलोत्तमाले सान्त्वना, मन उड इण्डष्ट्रिज, ओमसतिया गाउँपालिका, रुपन्देही र सिया स्टिल इण्डष्ट्रिज प्रा.लि,. नवलपरासीले तेस्रो, कपिलवस्तु ग्लास फाइवर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा ट्रन्सवेल्ड नेपाल(ट्रान्सफर्मर) काठमाडौंले प्रथम स्थान हासिल गरेको छ ।
।
प्रदर्शनीको पुष ७ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो । औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधव प्रसाद पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति र ३२ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो ।
यसैगरी प्रदर्शनी सम्वन्धी दैनिक कार्य सम्पादन गर्न मूल समितिका संयोजक रहेको ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) पनि गठन गरी आयोजना कुशलतापूर्वक सम्पन्न गरेको प्रदर्शनीका प्रवन्धक यादव प्रसाद भण्डारीले बताउनु भयो ।
रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकम मध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैया औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्टयाएको जनाइएको छ ।