दाङ-जबरजस्ती करणी उद्योगकाे मुद्दामा जिल्ला अदालत काठमाडौबाट सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा गृहजिल्ला दाङ आएका छन्। महरालाइ उनका समर्थकहरुले फूलमाला, अविर लगाएर स्वागत गरेका छन्। महरालाइ स्वागत गर्न प्रतिनिधि सभा सदस्य गंगा थारु सहितको टोलीले औपचारिक कार्यक्रम नै आयोजना गरेको थियो । समर्थकहरुलाइ सम्बाेधन गर्दै महराले आफुले कुनै गल्ती नगरेकाे बताएका छन्।
महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। जिल्लामा रहदा महराले मतदातालाई भेट्ने कार्यक्रम छ।