बाँके । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताएका छन् । समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको बताउँदै उनले यहीँ कामको प्रचारका लागि सबै प्रदेशमा प्रशिक्षणका कार्यक्रम राखिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश संगठन कमिटी प्रदेश ५ ले कोहलपुरमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले आलोपालोले जनतामा कन्फ्यूज गराएकाले त्यसलाई त्यागेर अहिले एकताबद्ध भएर अगाडि बढेको बताए ।
'बढो सुझबुझको साथ, धैरेताका साथ सर्वसम्मत बाट निर्णय गरेर अघि बढेका छौं उनले भने, ‘पार्टी एकता टुंगियो । केही बाँकी रयल पयल होला । महासचिव संग बसेर टुंगिन्छ ।’
प्रचण्डले राजनीति एकतालाई सांगठनिक एकता र भावनात्मक एकता बनाउनु पर्ने बताउनुभयो । ‘कोही कोहीलाइ झमेला लाग्न सक्छ, रिस उठ्ने, छोडेर हिंडुम भन्ने पनि हुन सक्छ । तर, हामीले के सोच्नुपर्याे भने सामाजिक भावनात्मक बैचारिक ढंगले सुदृढीकरण गर्नु पर्छ’ उनको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा (वादल)ले नेतृत्व एकताबद्ध भएर अगाडि बढेको भन्दै कार्यकर्ताहरुलाई सरकारका कामहरुको सन्देश समुदायस्तरमा पु¥याउन आग्रह गरे ।
महासचिव बिष्णु पौडेलले सरकारका कामहरु र पार्टीका निर्णयहरुलाई लिएर सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका कार्यक्रमहरु सुरु गरिएको बताउनुभयो । सरकारका कामहरुलाई जनस्तरमा पु¥याउँदा नै त्यसले सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।
पार्टीका स्थायी समितिका सदस्य, पाँच नम्बर प्रदेश कमिटीका इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी नेतृत्वको एकताबद्ध प्रयासबाटै समाजवादको यात्रा प्रभावकारी हुने र अगाडि बढ्ने बताए ।
पार्टी एकताको शन्देस, सरकारका राम्रा काम जनताको माझ प¥याउनका लागि प्रदेश स्तरको कार्यकर्ता भेला गरिएको बताउँदै उहाँले समुदायस्तरसम्मै प्रचार–प्रसार गर्न निर्देशन दिए ।
प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जगप्रसाद शर्माले गरेका थिए । उक्त प्रशिक्षण भेलामा पाँच नम्बर प्रदेशका १२ जिल्लाका तीन हजार अगुवा पार्टी पार्टी कार्यकर्ताहरु सहभागी रहेको प्रदेश कमिटीका नेता भूमिश्वर ढकालले जानकारी दिए ।