काठमाडौं । कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)को तीन सदस्यीय तदर्थ समिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले सुनसरीका राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति गठन गरेका हुन्। संघको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनित गरिएको छ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार, नेविसंघको तदर्थ समिति गठन गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम तदर्थ समिति गठन गरिएको हो।
सभापति देउवाले तीन सदस्यीय समिति गठन गरेपनि बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नामावली दिन सकेका छैनन्।
ढुंगाना नेतृत्वको तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ। तदर्थ समितिमा रहेकाहरुले पनि आगामी महाधिवेशनमा उम्मेदवार हुन पाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
नैनसिंह महर नेतृत्वको कार्यमिति २०७५ माघ २९ गते विघटन भएको थियो।